विद्यार्थीको अनसनमा सीपी गजुरेलको साथ

विद्यार्थीको अनसनमा सीपी गजुरेलको साथ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायतका पदाधिकारीको राजीनामा माग्दै अनसन बसेका विद्यार्थीलाई मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले साथ दिएका छन्।

शर्मा लगायतका पदाधिकारीमाथि आफन्तलाई त्रिविमा स्थायी जागिर दिएको आरोप छ। गजुरेल त्रिवि परिसर कीर्तिपुरमा रहेको सेवा आयोग परिसरमा अनशनमा बसेका हुन्। 

विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कार्यकर्तासँगै नेता गजुरेल अनसन बसेका हुन्। 

आयोगले गत साता सार्वजनिक गरेको स्थायी कर्मचरीको नतिजामा आयोग अध्यक्ष शर्मालगायत उच्च तहका अधिकारीको आफन्त पनि उत्तीर्ण भएका थिए। आफैँ परीक्षा सञ्चालन गर्ने र आफ्नै नातागोतालाई परीक्षामा उत्तीर्ण गराउनुले परीक्षामा मनपरी भएको विद्यार्थीको आरोप छ।

शर्माको राजीनामा माग्दै विद्यार्थीहरु सोमबारदेखि अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन्। गजुरेल बुधबार दिउँसो अनशन स्थलबाट बाहिरिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.