मेसीको कप्तानीमा कोपा अमेरिका टोली

मेसीको कप्तानीमा कोपा अमेरिका टोली

एजेन्सी

ब्युनोस आयर्स : आगामी जुन १४ देखि ब्राजिलमा आयोजना हुने कोपका अमेरिका कप फुटबलका लागि अर्जेन्टिनाले लियोनल मेसीको कप्तानीका खेलाडी टोलीको घोषणा गरेको छ। 

प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार राति मेसीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। राष्ट्रिय टोलीको घोषणा अघि प्रशिक्षणमा रहेका ४० खेलाडीबाट छनोट गरिएको टोलीमा अधिकांश खेलाडी पुराना नै छन्। 

अर्जेन्टिना सन् २०१६ कोे अघिल्लो संस्करणको कोपा अमेरिकाको फाइनलमा चिलीसँग ट्राइकेबरमा पराजित भएको थियो। त्यसपछि निराश बनेका मेसीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका थिए।

मेसीको सन्न्यास घोषणा आवेशमा आएको भन्दै अर्जेन्टिनी फुटबल समर्थक र त्यहाँका राष्ट्रपतिले समेत फिर्ता लिन आग्रह गरेका थिए। समर्थकको आग्रहसहित सडकमा उत्रिएर नाराबाजी गरेपछि मेसीले सन्न्यासको निर्णय फिर्ता लिएका थिए। 

कोपा पछि मेसीले सन् २०१८ को रूस विश्वकपमा राष्ट्रिय टोलीबाट जमेर खेले। त्यसपछि मेसी धेरैजसो टोली बाहिर नै रहे। 

बार्सिलोनामा सानदार प्रदर्शन गरिरहेका मेसीले विश्वकप र कोपा अमेरिकाजस्ता ठूला प्रतियोगितामा टोलीलाई सोचेजस्तो सफलता दिलाउन नसकेको विषयमा आलोचनासमेत खेप्दै आएका छन्।

यसपटक बलियो देखिएको अर्जेन्टिनी टोलीले कोपा जित्ने प्रशिक्षक स्कालोनीको दाबी छ। स्कालोनीले घोषणा गरेको टोलीको गोलरक्षकमा फ्रान्को अर्मानी, अगस्टिन मार्चेसिन र इस्टेब्यान एन्ड्राडा, रक्षकमा निकोलस ओटामेन्डी, रामिरो फुनेस मोरी, मार्काेस अकुना, निकोलस टागलियाफिको, जर्मन पेज्जेला, रेन्जो साराभिया, मिल्टन केस्को र जुवान फोयथ छन्।

टोलीको मिडफिल्डमा एन्जल डी मारिया, रोबर्टाे पेरेरा, जियोभानी लो साल्सो, लियान्दो पाराडेस, रोड्रिगो डी पल, गुइडो रोड्रिग्वेज र इजेक्वेल पालासियोस छन्। 

स्ट्राइकरहरूमा कप्तान लियोनल मेसी, सर्जियो अग्युरो, पाउलो डिबाला, लौटारो मार्टिनेज र माटियस सुवारेज रहेका छन्। कोपा अमेरिकामा अर्जेटिनाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछ। 

समूह ‘बी’ मा अर्जेन्टिनासहित कोलम्बिया, पाराग्वे र एसियाली टोली कतार रहेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारलाई पाहुना टोलीको रूपमा समावेश गराइन लागिएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.