के अमेरिका इरानसँग युद्ध चाहन्छ ? सांसद भन्छन्- युद्ध भए इराकसँग भन्दा कठिन

के अमेरिका इरानसँग युद्ध चाहन्छ ? सांसद भन्छन्- युद्ध भए इराकसँग भन्दा कठिन

वासिङटन : अमेरिका सरकारले इरानबाट हुने खतरा रोक्न चाहेको अमेरिकाका कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहानले बताएका छन्।

अमेरिकाले इरानसँग कुनै पनि सन्दर्भमा युद्ध नचाहेको उनले स्पष्ट पारे। इरानले अमेरिकी स्वार्थमा व्यवधान खडा गर्दै आएकाले चेतावनी दिएको पनि उनको भनाइ छ।

मन्त्री शानाहानले अमेरिकी कंग्रेसमा यस्तो खुलासा गरेका हुन्। अमेरिकाका दुवै सदनले राष्ट्रपति ट्रम्पको इरान नीतिबारे स्पष्ट जानकारी दिन सम्बद्ध अधिकारीलाई पत्र पठाएका थिए। विदेशमन्त्री माइक पोम्पिओसँगको गोप्य बैठकपछि उनले सञ्चारकर्मीलाई भने, ‘यस (इरान)लाई रोक्न यस्तो कदम चालिएको हो न कि युद्ध शुरु गर्न। हामी युद्ध शुरु गर्न चाहँदैनौं।’

डेमोक्र्याट्स र केही रिपब्लिकन सांसदले इरानलाई हेर्ने नीतिमा देखिएको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका थिए।

मन्त्री शानाहानले इरानबाट हुने व्यवधान रोक्न अमेरिकाले विभिन्न प्रयास गरेको पनि उनले बताए। यसै अभियानअन्तर्गत विमानवाहक युद्धपोत फारसको खाडीमा तैनाथ गरिएको पनि पुष्टि गरे। यसबाट अमेरिकी सुरक्षाबलमाथि हुन सक्ने इरानी आक्रमण रोक्न सम्भव भएको उनले दाबी गरे। इरानले अमेरिकामाथि गर्दै आएको गलत आँकलन रोक्नु पनि राष्ट्रिय कर्तव्य भएको उनले स्पष्ट पारे। इरानसँग तनावपूर्ण वातावरण नहोस् भनेर आफूहरू सजग भएको उनले सदनमा बताए।

डेमोक्र्याट्स र केही रिपब्लिकन सांसदले इरानलाई हेर्ने नीतिमा देखिएको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका थिए। रक्षामन्त्री शानाहानले संसद्लाई दिएको बयानबाट डेमोक्रेट पार्टीका तर्फबाट निर्वाचित सांसद भने सन्तुष्ट भएनन्। उनीहरूले इरानसँग तनाव बढाउन राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

आक्रामक अभिव्यक्ति र कूटनीतिक शैली अपनाउन नजान्दा मध्यपूर्वमा युद्धको खतरा बढेको सांसदहरूको भनाइ छ। सिनेटर बर्नी सान्डर्सले भने, ‘जानबुझी होस् वा अनजानमा होस्, हामीले युद्धको स्थिति बनाएका छौं। यसमा म चिन्तित छु।’

इराक र भियतनामसँगको युद्ध अमेरिकी प्रशासनको गलत बुझाइले भएको सान्डर्सले चर्चा गरे। उनले भने, ‘मेरो बुझाइ छ, इरानसँग युद्ध लड्नु निकै दुःखद हुनेछ र यो इराकसँगको युद्धभन्दा कठिन हुनेछ।’ ट्रम्पले इरानमाथि कहिले बम आक्रमण गर्ने त कहिले ध्वस्त पार्ने चेतावनी दिँदै आएका छन्।

इरानले पनि अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको बताउँदै आएको छ। इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले विवादास्पद विषयमा तत्काल अमेरिकासँग वार्ता नगर्ने जानकारी दिएका थिए। मंगलवार इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकासँग वर्तमान अवस्थामा वार्ता नगर्ने स्पष्ट पारेका थिए। उनले सम्पूर्ण इरानी जनतालाई एकजुट हुन र धैर्य गर्न आह्वान गरिसकेका छन्। अमेरिकी नाकाबन्दीबाट इरानमा आर्थिक संकट उत्पन्न भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५ मा विश्व शक्ति राष्ट्रबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र इरानमाथि थप प्रतिबन्ध घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो।

ट्रम्पले इरानसँग भएको सम्झौता अमेरिकी हितमा नभएको आरोप लगाउँदै आएका छन्। उनले इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ। अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौती बढेको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.