संस्थानको चामल बिक्री घटेको घट्यै

संस्थानको चामल बिक्री घटेको घट्यै

दाङ : दुर्गम क्षेत्रका नागरिकलाई सहुलियतमा चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानको व्यापार घट्दै गएको छ। केही वर्षदेखि संस्थानको चामल बिक्री घट्दै गएको संस्थानले जनाएको छ।

दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी संस्थानले पहाडी तथा हिमाली क्षेत्रमा चामल पठाउँदै आएको छ। सेवा क्षेत्रका नागरिकले संस्थानको चामल किन्न छोडेपछि बिक्रीमा कमी आएको हो। तीन वर्षयता खाद्य संस्थानको चामल नागरिकले किन्न छोडेका छन्। खाद्य संस्थान राप्ती अञ्चल कार्यालय तुलसीपुरको चामल सीमित क्षेत्रबाहेक आमउपभोक्ताको प्रयोगमा छैन।

सडक सुधारसँगै व्यापारीले पहाडी तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रमा ताजा तथा मसिना चामल पुर्‍याउन थालेपछि संस्थानको चामलको माग घटेको हो। उपभोक्ताको स्वाद पनि मसिना चामलमै गएकाले संस्थानको चामल बिक्री कम भइरहेको र बिक्री बढाउन नयाँ अभ्यास सुरु गरिएको तुलसीपुर कार्यालयका प्रमुख माधव मिश्रले बताए। विगत वर्षमा १८ हजार क्विन्टल बिक्री हुने संस्थानको चामल यस वर्षको हालसम्म ४ हजार ५ सय क्विन्टल मात्र बिक्री भएको कार्यालयको तथ्यांकले देखाएको छ।

विगतका तुलनामा पछिल्ला वर्षदेखि खाद्य संस्थान तुलसीपुरमा खाद्यान्न आयात र निर्यातमा कमी आएको मिश्रले जानकारी दिए। गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कम चामल निर्यात भएको उनले जानकारी दिए। यो घटदो क्रममा छ। संस्थानमा गत वर्षहरूको तुलनामा पछिल्लो अवस्थामा चामलको माग नै घटेकाले आयात र निर्यातमा पनि कमी भएको उनको भनाइ छ।

नयाँ अवधारणाअनुसार नेपाल खाद्य संस्थानले चामल बिक्रीको जिम्मा सहकारी संस्थाहरूलाई दिने भएको छ। उपभोक्ताले सहुलियत दरमै सहकारीबाट चामल पाउनेछन्।

नागरिकले चामल किन्न छोडेपछि संस्थानका चामल कारागारमा मात्रै बिक्री हुन थालेको छ। गृह मन्त्रालयले नै संस्थानको चामल खरिद गर्न निर्देशन दिएपछि कारागारका कैदीहरूले संस्थानको चामल खरिद गर्ने गरेका छन्। डोल्पा, रुकुम, सल्यान, प्यूठान, रोल्पा र दाङका कारागारमा खाद्य संस्थानको चामल खपत हुने गरेको छ।

सहकारीलाई बिक्रीको जिम्मा दिइँदै

नेपाल खाद्य संस्थानले चामल बिक्रीको जिम्मा सहकारी संस्थाहरूलाई दिने भएको छ। नयाँ अवधारणाअनुसार कारोबार सञ्चालन गर्न थालेको र बिक्रीको जिम्मा सहकारीलाई दिन थालिएको प्रमुख मिश्रले बताए। उनले भने, ‘संस्थानबाट बिक्री वितरण भइरहेको चामल अब सहकारीमार्फत बिक्रीवितरण गर्न सकिने अवधारणा तयार भएको छ।’ उपभोक्ताले सहुलियत दरमै सहकारीबाट चामल पाउनेछन्।

पाँच हजार क्विन्टल क्षमता भएको तुलसीपुरको गोदाममा अहिले १६ सय ४४ क्विन्टल २३ केजी चामल मात्रै मौज्दात रहेको मिश्रको भनाइ छ। उक्त कार्यालयले चालु आर्थिक वर्षकोे अवधिमा साढे ४ हजार क्विन्टलभन्दा बढी खाद्य सामग्री ढुवानी गरेको छ। चालु वर्षको साउनदेखि वैशाखसम्म ४ हजार ५ सय क्विन्टल ९० केजी खाद्यान्न आयात भएको कार्यालयका सूचना अधिकारी नकुल चौधरीले जानकारी दिए।

राप्ती अञ्चलको पूर्वी रुकुम र पश्चिम रुकुम र कर्णाली प्रदेशको डोल्पाको दुनै, जुफाल, लिकु र सर्मीमा कोटाअनुसार पठाउने गरिएको छ। चालु आर्थिक वर्ष पूर्वी रुकुममा १ सय ७० क्विन्टल १० केजी पठाइएको छ। पश्चिम रुकुममा २ सय ८० क्विन्टल ५० केजी चामल पठाइएको छ। डोल्पाको दुनैमा १ हजार ६ सय क्विन्टल ११ केजी चामल पठाइएको छ। डोल्पा जुफालमा एक हजार क्विन्टल चामल पठाइएको छ। डोल्पाकै लिकुमा १ हजार क्विन्टल चामलको कोटा रहेकोमा ५ सय १० क्विन्टल ३० केजी चामल पठाएको कार्यालयले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.