'२० लाख पर्यटक धान्न सक्छौं'

'२० लाख पर्यटक धान्न सक्छौं'

होटल संघ नेपाल (हान)को ४६औं वार्षिक साधारणसभाबाट पहिलोपटक महिला नेतृत्व चयन भएको छ। अन्नपूर्ण होटेलकी सिर्जना राणा दुई वर्षका लागि हानको अध्यक्ष भएकी हुन्। पछिल्लो समय होटल क्षेत्रमा बढेको उत्साहपूर्ण लगानी, पर्यटकीय सेवा सुविधाका विषयमा अन्नपूर्ण पोस्ट्ले उनै सिर्जना राणासँग गरेको कुराकानी :


पछिल्लो समय होटेलमा आकर्षण बढ्नुको कारण के हुनसक्छ ?

पहिलो कुरा त नेपालमा लगानीको वातावरण विस्तारै बन्दै गएको छ। त्यसमा पनि नेपालका होटेलमै लगानी गर्न लगानीकर्ताको उत्सुकता बढेको छ। मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रमार्फत हुने ठूलो योगदानको हिस्सा होटेलबाटै जान्छ। होटेल क्षेत्रले दीर्घकालीन लाभ दिने र आतिथ्यता उद्योग भएकाले आकर्षण बढेको हुनसक्छ।

नयाँ आउने सबै होटेलले बिजनेस पाउने आधार के छ ?

सरकारले सन् २०२० लाई २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित पर्यटन वर्ष मनाउँदै छ। यसले केही व्यवसायी उत्साहित भए भन्ने छ। तर, अहिले जति होटेल छन् तिनमा ठिकैको बिजनेस छ। डिमान्ड र सप्लाईमा यसको व्यापार भर पर्छ।

भनेपछि २० लाख पर्यटक धान्न पर्याप्त होटल छन त ?

अहिले भएका होटेल नै २० लाख पर्यटकका लागि पर्याप्त छन्। सबै पर्यटक एकैपटक आउने र सबै काठमाडौं वा कुनै एउटा गन्तव्यमा मात्रै जाँदैनन्। तसर्थ भएकै होटेलमा पनि पूर्ण अकुपेन्सी नभइरहेको अवस्था छ। पहिले भएका होटेलको क्षमता कति र कहाँ कहाँ छन् भनेर तथ्यांकमा हेर्नुपर्छ। अहिले जति होटेल छन्, २०२० भित्र सञ्चालनमा आइसक्ने तयारीका छन्। त्यसले मज्जाले पर्यटक धान्न सक्छन्।

त्यसो छ तथ्यांकलाई पनि हेर्नुपर्ला। सरकारी तथ्यांक हेर्ने हो भने निकै कम क्षमता देखिन्छ नि ?

सबै पर्यटक पाँचतारे होटल र स्तरीयमा नै बस्छन् भन्ने छैन। आएका पर्यटक पर्यटकीय गतिविधिमा पनि जान्छन्। ग्रामीण पर्यटनदेखि घुमघाम र साहसिक पर्यटकसम्मको रोजाइ फरक ठाउँमा हुने गर्छ। त्यसैले धेरै कोठा भयो र कम टुरिष्ट भए पनि समस्या हुन्छ। पर्यटक आउनेभन्दा बढी होटेल र कोठा हुने हानथापले पनि गुणस्तरीय पर्यटक आउँदैनन्। त्यसैले भएकै क्षमताको भरपुर प्रयोग गर्ने र त्यसबाट लाभ लिने बनाउनुपर्छ।

पर्यटकले पनि त सुविधा सम्पन्न होटल खोज्छन् नि ?

त्यसो त पर्यटकलाई दिने सेवा सुविधामा पनि ध्यान दिनुपर्छ। अन्य पूर्वाधारसँग पर्यटकलाई जोड्नुपर्छ। काठमाडौंमा आइपुगेका पर्यटकलाई कुनै समस्या छैन। त्यसपछि जाने भनेको पोखरा, लुम्बिनी, चितवनसहितका गन्तव्यमा हो। पर्यटक पुग्ने सबै क्षेत्रसँग हातोमालो गर्दै जानुपर्छ। आवश्यक पूर्वाधार सबै ठाउँमा सोही अनुसार बन्दै जान्छन्। पर्यटक आउन थालेपछि उनीहरूको सेवा सुविधामा कुनै कन्जुस्याइँ नगरी पूूर्वाधार बनाउनुपर्छ।

कतिपय होटेल निर्माणका चरणमा छन्। कतिपय पाइपलाइनमा छन्। यसले भएकै होटेलको व्यापार राम्रो छ भन्ने देखिन्छ नि ?

अहिलेका होटेलको र्‍याङकिङ केबल पास मार्क मात्रैको हो। यसलाई हामीले प्रवद्र्धन गर्ने र मार्केटिङ गरेर अझै बलियो बनाउनुपर्ने जरूरी छ। पर्यटन भ्रमण वर्ष आफैंमा नेपालको ब्रान्डिङ र प्रवद्र्धनको निम्ति हो। भ्रमण वर्षलाई लाइफटाइम एक्सपिरियन्ससँग जोडिएको छ। यो नै सकारात्मक पक्ष हो। यसका साथै हामीले दिने भनेको गुणस्तरीय पर्यटकीय सेवा हो। यसका निम्ति तालिम, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा पनि चाहिन्छ। होटेल आतिथ्यताको क्षेत्र भएकाले यसलाई व्यापारभन्दा पहिला गुणस्तर र सेवासँग जोड्नुपर्छ।

होटेल क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ ?

जनशक्ति जति छन् ती सबै नेपाली नै छन्। केही पदमा र ब्रान्डको निम्ति भने विदेशी जनशक्ति पनि अवश्यक छ। यसका निम्ति अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको परिपूर्ति हामी आफैंबाट हुन नसके पनि केबल सेवा धानेको मात्रै छ। माथिल्लो तहमा अहिले पनि बाहिरबाटै जनशक्ति ल्याउनुपर्नेछ। तर, आवश्यक तालिम दिने र जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने मेकानिजम भने आवश्यक बनाउन जरुरी छ।

प्रवद्र्धन पनि बढाउनुपर्ने हो ?

पक्कै पनि प्रवद्र्धनको काम निरन्तर भइरहनुपर्छ। नेपाललाई स्थापित पर्यटकीय ब्रान्ड बनाउनुपर्छ। अन्तर्राष्ट्रियस्तरको सेवा सुविधामा सधैं ध्यान दिइरहनुपर्छ। यसका निम्ति उपयुक्त समयमा उपयुक्त ढंगले प्रवद्र्धन बढाउन आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.