होटलमा कैदीको मोजमस्ती प्रकरण : जिल्ला प्रशासनले थाल्यो छानविन

होटलमा कैदीको मोजमस्ती प्रकरण : जिल्ला प्रशासनले थाल्यो छानविन

धादिङ : धादिङ कारागारका कैदीले होटलमा मोजमस्ती गर्ने गरेको खुलासा भएपछि जिल्ला प्रशासन कार्यलयले छानविन थालेको छ। कारागार जस्तो संवेदनशिल ठाउँमा समेत सुरक्षा लापरवाही भएको र कारागार प्रशासन तथा प्रहरीहरुले कारागारको सुरक्षा गर्न नसकेको भन्दै प्रशासन कार्यलयले छानविन लागेको हो।

जवरजस्ती करणी जस्तो जघन्य अपराधमा ११ वर्षको जेल सजाय भुक्तान गरिरहेका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा मस्ती गरिरहेको भिडियो सहितको समाचार मंगलबार सार्वजनिक भएको थियो। 

समाचार सार्वजनिक भएपछि तत्काल छानविन समिति बनाइ अनुसन्धान गर्न टोली खटेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए। ‘सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद शर्मा गुरागाँइको नेतृत्वमा जिल्ला प्रहरी कार्यलयको तर्फबाट डिएसपी प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी निरिक्षक उत्तम ढुङगेल सदस्य रहने गरी ३ सदस्यीय छानविन समिति बनाएका छौं’ पाण्डेले भने।

कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग राखेर बाहिरबाट ताल्चा लगाइ सादा पोशाकका प्रहरी रक्सी खाँदै पहरा दिइरहेका थिए। होटलमा कैदीको सुरक्षाको लागि गएका सादा पोशाकका प्रहरी धादिङ जिल्लाबाटै सरुवा भएर गइसकेको समेत खुलेको छ। 

कारागारमा थुनिएको कैदी होटलहरुमा भेटिनु गम्भीर लापरवाही भएकाले अनुसन्धानपछि यस लापरवाहिमा संलग्न जोसुकैलाइ कारवाहीको दायरामा ल्याइने प्रजिअ पाण्डेले बताए। ‘भिडियो केही महिनाअघि खिचिएको भन्नेसम्मको प्रारम्भिक जानकारी आएको छ’ प्रजिअ पाण्डेले भने, ‘हामीले केही जानकारी त पाइसकेका छौँ, अनुसन्धान प्रक्रिया सकिसकेपछि सबै कुरा सार्वजनिक गरौँला।’

कारागारभित्र भइरहेको अनियमितता, चौकीदारको चरम शोषण र दमनबारे यसअघि बेलाबखत फाट्टफुट्ट समाचार बाहिर आउने गरेको भएपनि स्थानीय प्रशासनले कुनै चासो देखाएको थिएन। 

कैदी होटलमा भेटिएको प्रकरण मात्रै नभइ धादिङ जिल्लाको कारागार भित्र भइरहेका सबै अनैतिक क्रियाकलापको विषयमा समेत गहिरो अनुसन्धान गरिने संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गुरागाँइले बताए।

धादिङ कारागारभित्र चौकीदारहरुको नेतृत्वमा जुवातास खेलाइने, कैदीबन्दीहरुको लागि बाहिरबाट रक्सी मगाएर ५ गुणा महङगोमा विक्री वितरण गर्ने लगायत समाचार समेत सार्वजनिक भएका थियो। 

कैदी बन्दीहरुले प्रधानमन्त्रीको कार्यलय र गृह मन्त्रालयलाइ छानविन गरिदिनको लागि लेखेको पत्रमा कारागारका चौकीदारहरुले भित्रको कुनै कुरामा गुनासो गर्नेहरुको आफन्त भेटघाट रोकिदिने गरेको, प्रशासनलाइ कारागार भित्रको कुरा लगाएमा ज्यान मारेर जेलभित्रै गाडिदिने धम्की दिने, मुढा बनाउने कामदारहरुलाई ज्यालामा काम लगाउने र पैसा दिन समेत चौकीदारहरुले आलटाल गर्ने उल्लेख  छ।

साथै पत्रमा साधारण कैदीहरुलाई चरम शोषण र दमन गर्ने चौकीदार र उसका नाइकेहरुलाई अन्यत्र स्थानान्तरण गरि नयाँ चौकीदार नियुक्ती गरिदिन समेत माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.