अपराधमा संलग्न एकसय ६८ जना पक्राउ

अपराधमा संलग्न एकसय ६८ जना पक्राउ

नुवाकोट : चालु आर्थिक वर्षको १० महिनामा नुवाकोटमा विभिन्न अपराधमा संलग्न एकसय ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिएका हुन् । उनका अनुसार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याइएको हो ।

पक्राउ गरिएका मध्ये सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाइफकाइ तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागूऔषध कसुरमा 8, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ जनालाई पक्राउ गरिएको पल्लिमगरले बताए।

यस्तै, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा ८, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा ४ र भवितव्य ज्यान कसुरमा ४ जना पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिएको बताए। नुवाकोट प्रहरीले गत वर्ष विभिन्न घटनामा संलग्न १ सय ५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो।

उनीहरुबाट  पाँच लाख १५ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको थियो । चोरी गरेर लैजाने क्रममा बेवारिसे अवस्थामा छाडिएका मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरी चौकी कोलोनीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले नियन्त्रणमा लिइएको मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता गरेको बताएका हुन् ।

कोलोनीस्थित प्रहरी चौकीले पछिल्लो एक महिनामा चोरीका चारथान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँमा चोरी गरेर नुवाकोटका ग्रामीण भेगमा निर्वाध मोटरसाइकल सन्चालन भइरहेको गुनासो आइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.