निजी विद्यालयमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ : प्रधानमन्त्री ओली

निजी विद्यालयमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द नहुने बताएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बिहीबारदेखि राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

निजी शिक्षालयले दिएको शिक्षाको स्तर अब्बल भएको उनको भनाइ छ। उनले सक्ने भए सरकारी लगानीका विद्यालयको पनि व्यवस्थापन सम्हाल्न निजी विद्यालय सञ्चालकलाई अनुरोध गरे। 

‘निजी विद्यालय गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता हुन्। निजीमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ।’ निजी विद्यालयलाई सरकारले बन्द गर्दैछ भन्ने हल्ला चलेकोप्रति ओलीले आफू अनविज्ञ रहेको बताए। ‘प्राइभेट सेक्टरमा कसले हल्ला चलाएछ कुन्नि के-के भनेर’, ओलीले आश्चर्य प्रकट गरे।

स्वदेशमै स्तरीय शिक्षा दिएका विद्यालय सञ्चालकलाई माफिया भनेकोप्रति आफूलाई चित्त दुखेको बताउँदै ओलीले भने, ‘नेपालमै शिक्षा दिने माफिया हुने। तर, यहाँका विद्यालय बन्द गराएर विदेशमा विद्यार्थी पठाउने चाहिँ वडा (ठूलो) हुने ?’

सरकारको उद्देश्य निजी विद्यालय बन्द गर्ने नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुध्रिएपछि निजी विद्यालय आफैं बन्द हुने बताए। 

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकलाई गुणात्मक शिक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरे। हिसान मेलाका संयोजक युवराज शर्माले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ मेला आयोजना गरेको बताए।

हिसानका महासचिव लोक बहादुर भण्डारीले निजी शिक्षालयले उत्कृष्ट शिक्षा दिएको दाबी गरे। मेला चार दिनसम्म सञ्चालन हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.