राष्ट्रपतिबाट तीन सर्जक पुरस्कृत

राष्ट्रपतिबाट तीन सर्जक पुरस्कृत

ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तिका अवसरमा तीन जना साहित्यकार तथा लेखकलाई पुरस्कृत गरिएको छ। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा श्रष्टापार्क उद्घाटन कार्यक्रममा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

सिद्धिचरण प्रतिष्ठानले स्थापना गरेको सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ। गौतमले नगद एक लाख सहित कदर पत्र प्राप्त गरेका छन्।सुवर्ण शाक्यलाई ‘सिद्धिचरण शताब्दि सम्मान’ प्रदान गरिएको छ। उनले नगद ५० हजार सहित सम्मान पत्र पाएका छन्। 

पाँच दशकभन्दा लामो पत्रकारिता गरेका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष होमनाथ दाहाललाई नगद ४० लाख सहित सिद्धिचरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। दाहाल नेपाली कांग्रेसको राजनीति गर्दै कृषिमन्त्री समेत भएका थिए। 

‘सिद्धिचरण श्रेष्ठको फुटकर कवितामा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गरेको साहित्यकार सह प्राध्यापक फणिन्द्रराज निरौला नगद १० हजारसहित सम्मान गरिएको छ। 

सम्मान तथा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरिन्। पुरस्कृत सर्जकहरुले सम्मान र पुरस्कार पाएपछि थप ऊर्जा मिलेको बताए। 

सम्मान गर्दै राष्ट्रपति भण्डारीले सर्जकहरुले आफ्ना सृजनाका माध्यमबाट आम नागरिकलाई भविष्यप्रति आशावादी बनाउनु पर्नेमा जोड दिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.