सन्दीपको अर्को छलाङ

सन्दीपको अर्को छलाङ

काठमाडौं  : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्वका चर्चित क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ मारिरहेका छन् । सन्दीप बुधबार मात्र क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेटमा महँगो रकममा अनुबन्ध भएका छन् ।

लिगका लागि ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार अबेर बार्बाडस ट्राइडेन्ट्सले अनुबन्ध गरेको हो । सन्दीप लगातार दोस्रो वर्ष सीपीएलमा छनोट भएका हुन् । उनले अघिल्लो सिजन सेन्टकिट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । त्यति बेला उनले पाँच खेलमा सात विकेट लिएका थिए ।

गत वर्ष ६ हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीप यसपटक निकै महँगो रकममा अनुबन्ध भएका छन् । सन्दीपले बार्बाडसबाट यसपटक कम्तीमा ७० हजार अमेरिकी डलर (करिब ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । लन्डनमा गरिएको अनुबन्धनका लागि ड्राफ्टमा सन्दीपसँगै नेपालका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेल समावेश थिए । नेपालका तीन खेलाडी भने अनुबन्धनमा परेनन् ।

सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म वेस्टइन्डिजमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.