किशोर-किशोरी भागी विवाह गर्न खोज्दा डोके बजारमा तनाव

किशोर-किशोरी भागी विवाह गर्न खोज्दा डोके बजारमा तनाव

धनगढी : कञ्चनपुरको डोके बजार क्षेत्र बिहीबार रातिदेखि अशान्त बनेको छ । किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र अशान्त बनेको हो । स्थानीयले प्रहरी चौकी घेरा हालेर नाराबाजी गरिरहेका छन् । कञ्चनपुर पुनरवास नगरपालिका–११ का १५ वर्षीय रोमन विक र १४ वर्षीया पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खबर गरेका थिए ।

सम्झौताका लागि दुवै पक्षलाई पचकडीया चौकीमा प्रहरीले  बोलाएर केटालाई घरपरिवारको जिम्मा लगाएको थियो । तर, केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले चौकीमा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए । 

स्थानीय सोनवीर तामाङकाअनुसार पुनरवास नगरपालिका–११ वडा अध्यक्ष तुलसी अर्यालले किशोरीलाई पुरुष प्रहरीले लैजान नपाइने भनेपछि सुरु भएको विवादले उग्ररुप लिएको हो । सोही क्रममा प्रहरीले वडा अध्यक्षमाथि लाठी प्रहरी गरेको स्थानीयले बताएका छन् ।  प्रहरीले लाठीचार्ज गरेपछि वडाअध्यक्षसहित तीन जना घाइते भएका छन् । 

प्रहरीको ज्यादतिका विरुद्धमा बिहीबार देखि नै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । स्थानीयले हुलाकी सडकसमेत अवरुद्ध गरेका छन् । प्रहरी निरीक्षक कर्णबहादुर बमले लाठीचार्ज नभएर केटीलाई ईलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताए ।

स्थानीयले प्रहरीको मापसे चेक गर्नुपर्ने, सार्वजनिक रुपमा प्रहरी निरीक्षक बमले माफी माग्नुपर्ने र घाइतेको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.