एनसेलको ‘अनलिमिटेड रोमिङ डाटा प्याक’

एनसेलको ‘अनलिमिटेड रोमिङ डाटा प्याक’

काठमाडौं : एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डाटा रोमिङ सेवाको मजा लिन सक्ने भएका छन्। ग्राहकले आफू भारत भ्रमणमा जाँदा आफ्नो एनसेल सिम साथै सय रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन्।

एनसेल प्रालिले भारत भ्रमणमा जाने ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ डाटा प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकले आफू भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ डाटा सेवामार्फत सम्पर्कमा रहन सक्नेछन्।

अफरअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करबाहेक मात्र सय रुपैयाँ (१२७.६९ करसहित) मा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन्। यो सेवाबाट लाभ लिन यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार सेवा सुचारु गर्न सक्नेछन्।

रोमिङ सेवा सुचारु गरेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डाटा प्याक लिन सक्छन्। एकपटक प्याक सुचारु गरेपछि नेपालको समयअनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ। शुल्क भने ग्राहकले डाटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने कम्पनीले जनाएको छ। भारतमा ठूलो संख्यामा नेपाली व्यापार व्यवसायमा तथा तीर्थयात्रा गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.