पूर्वप्रधानन्यायाधीश खत्रीको निधन
काठमाडौं : पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९९ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा बुधबारराति सवा १२ बजे निधन भएको हो। अल्जाइमको समस्याले अस्पताल भर्ना गरिएका खत्रीको उपचारका क्रममा निधन भएको भाई बलराम केसीले जानकारी दिए। उनी २०३३ देखि ४२ सालसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीस रहेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगको २ कार्यकाल अध्यक्ष बनेका उनी कानुन सुधार आयोगको पनि अध्यक्ष भएर काम गरेका थिए। उनका २ छोरा र २ छोरी छन्। शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।