मुक्तिनाथ विकास बैंकमा बज्राचार्य
काठमाडौं : मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्यले यस बैंकमा नियुत्त हुनुअघि गण्डकी विकास बैंक नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
मुक्तिनाथ विकास बैंकको देशभरि ११४ वटा शाखा र २२ वटा ए.टि.एम. छन् । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।