बालबालिकालाई डिसहोमको झोला र शैक्षिक सामाग्री

बालबालिकालाई डिसहोमको झोला र शैक्षिक सामाग्री

मलंगवा : झोला तथा शैक्षिक सामाग्री पाउँदा श्री जनता माध्यमिक विद्यालय औरही र बालमन्दिर मलंगवाका दलित बालबालिका खुशी भएका छन्। डिसहोम सामाजिक उदरदायित्व अन्तर्गत शुक्रबार सर्लाहीका दुई विद्यालयमा सय १० थान झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ। कक्षा १ देखि ५ सम्मका दलित विधार्थीलाई एक कार्यक्रमका बीच झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । 

पढाइ लेखाइमा सहयोग पुगोस् भन्ने उदेश्यले दलित विधार्थीलाई झोला तथा शैक्षिक सामाग्रीले वितरण गरिएको डिसहोमका मलंगवा अधिकृत बिक्रेता सुबाभ गुप्ताले बताए। आर्थिक अभावका कारण पठनपाठनमा अभाव झेल्दै आएका विधार्थीको सहयोगका लागि झोला र शैक्षिक सामाग्री वितरण गरिएको गुप्ताले बताए। 

झोला र शैक्षिक सामाग्री पाएपछि आफूहरुलाई पठनपाठनमा सहयोग पुग्ने जनता माध्यमिक विद्यालय औरहीका छात्रा संजना कुमारी रामले बताइन्। शैक्षिक सामाग्री पाएपछि आफूहरुलाई खुशी लागेको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.