विपत व्यवस्थापनमा सूचना प्रणाली कमजोर

विपत व्यवस्थापनमा सूचना प्रणाली कमजोर

दाङ : विपद्को जोखिमलाई न्युनिकरण र व्यवस्थापन गर्न सूचना प्रणाली कमजोर हुँदा चुनौती बढी हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

दाङ विपद्को उच्च जोखिममा रहेको जिल्ला भए पनि सूचना प्रणाली र प्रसारण प्रक्रिया कमजोर हुँदा समस्या परेको उनीहरुको भनाइ छ।

जिल्लाका विपद सम्बन्धी सारोकारवाला निकायले विपद् व्यवस्थापन जोखिम न्युनिकरणकालाई सूचना प्रणाली प्रभावकारी हुनु पर्ने बताए। प्रभावकारी सूचना प्रणालीको व्यवस्था नहुँदा सहजै व्यवस्थापन र न्युनिकरण हुने विपदमासमेत चुनौती आउने गरेको उनीहरुको भनाइ छ। 

नेपाल रेडक्रस सोसाइटी दाङले शुक्रबार तुलसीपुरमा गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन पूर्व सूचना प्रणाली सम्बन्धीको प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन। 

पत्रकार सुशील बस्नेतले जिल्लाको विपद् सूचना प्रणालीलाई सक्रिय बनाउनु पर्ने बताए। उनले पूर्व सूचना आम नागरिकसम्म जान सके विपद्को आधा व्यवस्थापन भइसक्ने बताए। तुलसीपुर उपमहा नगरपालिकाका विपद् फोकल पर्सन झरेन्द्र खरेलले आवश्यक दक्ष जनशक्ति र पूर्व सूचना प्रणाली नहुनु विपद्को मुख्य चुनौती रहेको बताए। 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विपदको व्यवस्थापनका लागि नगरले योजना बनाएरै क्रियाशिल रहेको बताए। उनले सबै वडामा वडा स्तरीय विपद व्यवस्थापन समिति र नगरमा छुट्टै समिति निर्माण गरेर विपद् व्यवस्थापनमा लागेको बताए। 

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा हुन सक्ने विपद व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताए। 

रेडक्रसले विपद जोखिम न्यूनिकरण, उद्धार, व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गरी समुदायमा परिचालन गरेको सभापति नारायण आचार्यले बताए। उनले विपद्मा परेमा एक हजार परिवारलाई एक पटकमा व्यवस्थापन गर्न सक्ने तयारी रेडक्रसको रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.