छलफलपछि मात्र प्रदेशको सञ्चार नीति :  मुख्यमन्त्री राई

छलफलपछि मात्र प्रदेशको सञ्चार नीति :  मुख्यमन्त्री राई

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै सरोकारवालासँगको छलफलपछि मात्र प्रदेशको आमसञ्चार नीति ल्याइने बताएका छन् । 

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) ले शुक्रबार हिलेमा गरेको ‘अकोरावमा आवद्ध रेडियोमा सामुदायिक बहुलता र विविधता सम्बद्र्धनमा आदिवासी जनजाती राष्ट्रिय परामर्श’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशको आमसञ्चार नीति सञ्चारक्षेत्रको सहभागिताबाट मात्रै बनाउने बताएका हुन् । 

करिब डेढ सय सामुदायिक रेडियोका प्रतिनिधिको सहभागितामा आयोजित कार्यक्रमबाट देशभर छरिएर रहेका जनजातीलाई केन्द्रित गरेर सामुदायिक रेडियोले बनाउने कार्यक्रम र रेडियोमा जनजातीको सहभागिता विषयमा घोषणा पत्र तयार गरिने छ।

शनिबारसम्म चल्ने कार्यक्रममा सामुदायिक रेडियोले हालसम्म गरेका कार्यको समीक्षा, भावी रणनीति तथा योजना र प्रतिबद्धतासहित सबै प्रतिनिधिबाट हस्ताक्षर हुने अकोराबका अध्यक्ष सुवास खतिवडाले बताए । 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.