शब्दज्ञान बढाउन कार्टुन

शब्दज्ञान बढाउन कार्टुन

भाइबहिनी हो, तिमीहरूले आ–आफ्नो रुचिअनुसारको कार्टुन हेर्ने गरेका होलाउ। कार्टुन मनोरन्जनका लागि मात्र हेर्ने गरिन्न। यसबाट धेरै ज्ञान लिन सकिन्छ। साथै आफ्नो भाषालाई पनि सुधार गर्न सकिन्छ।

अँग्रेजी भाषाका कार्टुन हेर्ने भाइबहिनीले अँग्रेजी भाषामा आफ्नो ज्ञान बढाउनुको साथै राम्रो बोल्न पनि सिक्छन्। कार्टुन ठूला मानिसको स्वरमा डबिङ गरिएको हुन्छ। त्यसमा पनि कतिपय कार्टुनमा त नाम चलेका सलिब्रिटीका स्वरलाई राख्ने गरिन्छ। त्यसैले कुनै पनि शब्दलाई उनीहरूले राम्रोसँग उच्चाहरण गर्ने हुनाले बालबालिकाले पनि ती शब्दलाई प्रष्टसँग बुझ्ने गर्छन्।

कतिपय कार्टुनमा सामाजिक विषयबस्तु प्रस्तुत गरिएको हुन्छ। त्यसैले बालबालिकाले बास्तबिक दुनियामा बोलिने भाषा र शब्दहरूको बारेमा पनि धेरै जानकारी पाउन सक्छन्।

कलिला बालबालिकाले हेर्ने कार्टुनमा धेरै सरल शब्दका प्रयोग गरिएका हुन्छन्। त्यसैले भर्खर अँग्रेजी भाषा सिक्न थालेका र अँग्रेजी भाषामा निकै कमजोर भएका बालबालिकाले पनि ती शब्द सजिलै अनुमान लगाउन र बुझ्न सक्छन्। कार्टुनमा प्रयोग गरिने शब्द र बाक्यहरू बारम्बार दोहोरि रहने हुनाले पनि यस्ता शब्द सजिलै टिप्न सकिन्छ।

कार्टुनहरू प्राय २० मिनेट मात्र लामा हुन्छन्। त्यसमा पनि कहिलेकाहीँ यसलाई दुई भागमा टुक्र्याएर १० , १० मिनेटको गरेर देखाइन्छ। यसरी छोटो समय मात्र प्रशारण हुने भएकाले बालबालिकाको ध्यान त्यसले तान्न सफल हुन्छ। ध्यान दिएर बुझेको कुरा छिट्टै सिकिन्छ र लामो समयसम्म बिर्सिदैन पनि।

अँग्रेजी भाषा सिकाउने काुर्टुनहरूमध्ये ‘मार्था स्पिक्स’ पनि एक हो। यसमा बोल्न नजान्ने एक कुकुरले अँग्रेजी बर्णमालाका अक्षरहरू भएको सुप पिएपछि उसले बोल्न सिक्छ। नयाँ शब्दहरू सिकाउनका लागि नै यो शो बनाइएको हो। कुनै पनि नयाँ इपिसोडको शुरु र अन्त्यमा विभिन्न नयाँ शब्दहरूको ब्याख्या गर्ने गरिन्छ। ती शब्दहरूलाई कार्टुन प्रशारण अवधिभर पनि धेरै पटक प्रयोग गरिने हुनाले यसलाई बालबालिकाले हत्तपत्ति बिर्सदैनन्।

‘वर्ड गर्ल’ यस्तो कार्टुन हो जहाँ एउटा केटीले आफ्नो शब्द ज्ञानकै माध्यमबाट खराब केटाहरूलाई पराजित गर्छिन्। डोकी कार्टुनमा डोकी र उनका साथीहरू विश्वभ्रमणका क्रममा विभिन्न ठाउँमा पुग्छन्। त्यहाँ देखेका नयाँ संस्कृति र भाषासँग सम्बन्धित ज्ञान उनीहरूले लिने गर्छन्। जुन देशमा पुग्यो त्यहीँको भाषाको ज्ञान लिने क्रममा उनीहरूले धेरै नयाँ शब्द सिकिसकेका हुन्छन्।

‘एडभेन्चर टाइम’ निकै रोचक शो हो। यसमा एउटा केटा आफ्नो कुकुरसँग जादु नगरीमा पुग्छन्। त्यहाँ उनले राक्षसहरूसँग लडाई गरेर उनीहरूलाई हराउँछन्। मित्रताको महत्व बुझाउनुका साथै भाषा सिकाउने जमर्को पनि यो शोमा गरिएको पाइन्छ।

‘डेक्सटर्स ल्याबोरेटोरी’ मा डेक्सटरको एउटा नीजि प्रयोगशाला हुन्छ। त्यस प्रयोगशालामा उनले विभिन्न अनुसन्धान गरेर नयाँ प्रविधिहरू पत्ता लगाउँछन्। उनले पनि धेरै ठूला र जटिल शब्दहरू बोल्ने हुनाले यो हेरेर पनि बालबालिकाले आफ्नो शब्द भण्डारलाई केही हदसम्म भएपनि बढाउन सक्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.