भिरबाट लडेर किशोरीको मृत्यु
रुकुम पूर्व : रुकुम पश्चिम सानीभेरी गाउँपालिका ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ । भिरमा घाँस काट्ने क्रममा १८ वर्षीया बिमला केसीको भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा आज बिहान ८ बजे भिरबाट लडेको परिवारले जनाएको छ । मृतक केसी भिरबाट करिब ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भेटेको बताइएको छ ।