सरकारले जनअपेक्षा अनुसार काम गरेन : रामचन्द्र पौडेल

सरकारले जनअपेक्षा अनुसार काम गरेन : रामचन्द्र पौडेल

बैतडी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । बैतडीको मेलौलीमा शुक्रबार द्वारीकादेवी ठकुरानी नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका हुन् । 

उनले भने ‘वर्तमान सरकार दुई तिहाइको बलियो सरकार हो । तर जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन। सरकार आफ्नो अलोकतान्त्रिक चरित्र देखाउँदैछ ।’

सरकार आफैँ भ्रष्टाचारमा लागेको नेता पौडेलको आरोप छ । उनले भने, ‘सरकारले कार्यकर्तालाई बजेट बाँडlरहेको छ । हरेक ठाउँमा भ्रष्टाचार मौलाएको छ । सरकार कानमा तेल हालेर बसेको छ ।’

उनले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताए । उनले भने ‘पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन। सरकारले संसद्‍मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक कांग्रेसले जसरी पनि रोक्छ । अहिले सरकार मिडियामाथि अंकुश लगाएर आफ्ना कर्तुत ढाकछोप गर्ने दाउमा छ ।’

नेता पौडेलले नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत मेलौली कांग्रेस नेता कार्यकर्तालाई एक भएर अघि बढ्न निर्देशन पनि दिएका छन् । बलियो कांग्रेस भएमात्रै देशको समुन्नती हुने उनको तर्क छ । शुक्रबार बैतडी पुगेका नेता पौडेल शनिबार दार्चुला पुग्ने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.