गहुँको भुसमा लाएको आगो उडाएर ६ घरमा आगलागी

गहुँको भुसमा लाएको आगो उडाएर ६ घरमा आगलागी

अछाम : ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँको भुस पोल्न लगाइएको आगो हावाहुरीले उडाएपछि आगोले घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

    
बलाताका वडा अध्यक्ष भक्तबहादुर बुढाको घरगोठ जलेर क्षति पुगेको छ भने मिनबहादुर बुढाको घरगोठ पूर्ण रुपमा जली गोठमा बाँधेका ५ वटा बोका, ३० वटा बाख्रा, ५ वटा खसी, १५ वटा बाख्राका पाठा, एक गोरु र निर्प साउँदको ५ वटा बाख्रा जलेर नष्ट भएका छन् । 
त्यसैगरी ईन्द्रबहादुर बुढा, जोगीबहादुर बुढा र रामबहादुर बुढाको घर पूर्ण रुपमा जलेको प्रहरीले जानकारी दिएको छ । 
    
साँझ करिब ८ बजेतिर लागेको आगो राती ११ बजे प्रहरीको टोली र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा आएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.