फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
दुनै : नेपालकै गहिरो तालकोरुपमा परिचित रहेको डोल्पास्थित फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली बिहीबार आइपुगेको छ । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँको छेउमै रहेको फोक्सुण्डोको ताल नेपालकै गहिरो तालको मान्यता पाउँदै आएको छ । पछिल्लो समयमा तालको गहिराइमा विवाद आइपछि जल तथा मौसम विज्ञान विभागले कन्सल्टेन्सीसहित विज्ञ टोली पठाएर तालको गरिराइ नाप्न गर्न लागेको विज्ञ ध्रुबलोचन अधिकारीले जानकारी दिए ।
नेशनल हाईड्रोलोजिकल एण्ड मेट्रोलजीकल रिर्सच सेन्टर एण्ड कन्सल्टेन्सीले तालको गहिराई मापन गर्ने अनुमति पाको थियो । विज्ञसहतिका १० जनाको टोली फोक्सुण्डो जान लागेको अधिकारीले बताए । टोली करिब ४ दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन फर्किने उनले जानकारी दिए ।
२०३६ जापानीले मापन गरी फोक्सुण्डो तालको गहिराइ ६५० मिटर रहेको भनेका थिए । तर यसको आधिकारिक तथ्य विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत जल तथा मौसम विज्ञान विभागमा कतै नराखिएको स्थानीय आङबहादुर लामाले बताए । दोस्रो पटक सन २००४मा व्याथिमेट्रिक सर्वेविधि अपनाइ मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान बिभागमा पेश गरेपछिे तालको गहिराइ विवाद हालसम्म पनि कायमै छ ।
यो ताल शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करिब ३६३५ मिटरको उचाइमा ५.९३ किलोमिटर लम्बाइ, १.८० किलोमिटर चौडाइ गरी १७.२९ क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको यर्थाथ मापन र सही तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका धावासम्डुक गुरुङ बताए ।
पानीमा हुने किरा समेत नपाइने र दिनमा धेरै पटक रङ बदलिरहने यो ताल पर्यटकका लागि निकै आकर्षक गन्तब्य हो ।