नेपाल बङ्गलादेश बैंकको शाखा मिर्चैया र मलंगवामा
काठमाडौं : नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप दुई ठाउँमा शाखा विस्तार गरेको छ।
सिराहा जिल्लाको मिर्चैया सर्लाहीको मलंगवामा शाखा विस्तार गरेको हो। शाखाको उद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकार तथा बैंकका संचालक इन्द्रबहादुर थापाले गरे। त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाको बारेमा आफ्नो विचार राखेका थिए।
बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा विस्तार गरेको बताएको छ। मिर्चैया र मलंगवामा शाखासहित बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटिमबाट बैंकिङ्ग सुविधा दिन सुरु गरेको छ।