लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण

लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण

सुर्खेत : सुर्खेतमा निर्माणाधिन लघु औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले कर्णाली प्रदेश सरकारलाई बिहीबार हस्तान्तरण गरेका हु्न्।वीरेन्द्रनगरमा आयोजित एक समारोहमा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई  औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरे। 

यस्तै मन्त्री यादव र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर–७ स्थित घरेलु तथा साना उद्योग विकास समितिको परिसरमा निर्माणाधिन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्त रुपमा अनावरण गरे।
 

चार ब्लकमा ६२ वटा कोठा रहेको औद्योगिक ग्राम १५ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ। अहिले लघु औद्योगिक ग्रामको ५५ प्रतिशत काम सम्पन्न भएको छ। 
घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका निर्देशक शम्भुप्रसाद पौडेलले ग्रामको बाँकी काम तोकिएकै मितिमा सम्पन हुने बताए। लघु उद्यमीलाई व्यवसाय विस्तार गर्न सजिलोका लागी ग्राम स्थापना गर्न लागिएको हो।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले धनकुटा र सुर्खेतमा लघु औद्योगिक ग्राम स्थापनाको काम भइरहेको जनाएको छ। लघु औद्योगिक ग्राम हस्तान्तरण गर्दे उद्योग मन्त्री यादवले कर्णालीमा औद्योगिक विकासका लागि बाह्य लगानी केन्द्रले भित्राउने प्रतिबद्धता जनाए। लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उनको दाबी छ।   

‘नेपालमा ठूला उद्योगको विकास गर्न जग्गाको अभाव छ, औधोगिक विकास विना विकास सम्भव  छैन’, उनले भने। भौतिक पूर्वाधार विना उद्योगको विकास गर्न नसकिने भन्दै मन्त्री यादवले संरचना निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई जग्गा खोज्न आग्रह समेत गरे। 

तीन वटै तहका सरकारबीच समन्वय कायम हुन सके मात्र संघीयता सफल हुने मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले अहिलेको संविधानकै कारण पूर्वराजाले घुम्ने मौका पाएको बताए। सोही अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताए ।

विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षडयन्त्र भइरहेको भन्दै उनले स्थानीय तह बलियो नभए संघीयता सफल नहुने दाबी गरे । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले सरकारले लघु उद्यमको विकासमार्फत् उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताइन्। 

यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर सङ्घीयता कार्यान्वयनमा एक कदम अघि बढेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.