लन्डनमा गुन्जिए प्रेमध्वज

लन्डनमा गुन्जिए प्रेमध्वज

लन्डन : 'घुम्तीमा नआउ है आँखा तिमी जुधाउन.....।'

वरिष्ठ गायक प्रेमध्वज प्रधानले जब आफ्ना कालजयी गीत प्रस्तुत गर्दै थिए, शुक्रबार बेलुका लण्डनस्थित नेपाली दूतावासमा उपस्थित श्रोता, दर्शक नतमस्तक बनेर सुनिरहे।

उमेरले ८२ कटिसकेका प्रेमध्वजको प्रस्तुतिमा जुन मिठास, जोस र शक्ति थियो, धेरै दर्शकका लागि अपत्यारिलो थियो।

घुम्तीमा नआउ है, गोरेटो त्यो गाउँको, हाँस्ने रहरहरू र आज फेरि जुनकिरीले सहितका आफ्ना लोकप्रिय गीत उनले प्रस्तुत गरे। यो नेपाली शिर उचाली उपस्थित दर्शक-श्रोताहरुसँगै गाए।  

गायक प्रधानले स्टेजमा गाइरहँदा दर्शक भने ताली पिट्ने, हुटिङ गर्नेदेखि बसेको ठाउँबाटै उठेर उनलाई सम्मान दिइरहेका देखिन्थे। 

नेपाली संगीत क्षेत्रमा ६७ वर्ष बिताइसकेका गायक प्रधान पहिलोपटक बेलायत आएका हुन्। यहाँका प्रशंसकहरूमाझ उनले आफ्नो लामो सांगीतिक यात्राका कतिपय अनुभवहरू पनि बाँडेका थिए।

त्यसअवसरमा बेलायतस्थित १० गायकगायिकाले गायक प्रधानको सम्मानमा उनकै गीत प्रस्तुत गरेका थिए। शर्मिला बर्देवा, सितु रिमाल खरेल, सपनकुमार राई, दीपक थापा, गंगाराज, बिसी राई, प्रमोद शर्मा, आशिष राज, थीर थापा र चोक गुरुङले एकएकवटा गीत सुनाएका थिए।

सयपत्री कल्चर समूह यूकेले प्रधानकै गीतहरूमा मिठो सांगीतिक धुन प्रस्तुत गरेको थियो।

कार्यक्रममा गायक प्रधानलाई बसुन्धराश्री पुरस्कार २०७५ पनि प्रदान गरिएको थियो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका मातापिताको नाममा स्थापित बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले उक्त सम्मान दिएको हो।

राजदूत डा. सुवेदीले नेपाली संगीत क्षेत्रका धरोहर गायक प्रेमध्वज प्रधानको बेलायत भ्रमणले बेलायतमा बस्ने नेपालीहरूमाझ नेपाली संगीतको संरक्षण र प्रबर्द्धनको लागि ठूलो सहयोग पुगेको धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.