जिरीमा दर्जन पर्यटकीय योजना

जिरीमा दर्जन पर्यटकीय योजना

दोलखा : जिरी नगरपालिकाले पर्यटन विकास र प्रवर्द्धनका लागि एकैसाथ एक दर्जन पर्यटकीय योजना अगाडि सारेको छ। सगरमाथा प्रवेशको पुरानो गन्तव्यलाई थप विकास गर्न नगरपालिका लागिपरेको छ। स्विस सरकारको सहयोगसँगै सन् १९५७ पछि पर्यटकीयस्थलका रूपमा स्थापित गर्न फेरि नगरपाललिकाले थुप्रै पर्यटकीय योजना अगाडि सारेको हो। दीर्घकालीन विकास निर्माणका योजनालाई पर्यटनसँग जोडिएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले जानकारी दिए।

उनका अनुसार अल्पसंख्यक जिरेल जातिको बसोबास, बौद्ध गुम्बा, आधा दर्जनभन्दा बढी पर्यटकीय पार्क, जिरी खोलामा निर्माण हुने आकर्षक ताल, तेन्जिङ हिलारी संग्रहालय, स्टोन पार्क, टोनी हेगन पार्क, ट्रेकिङ टे«लसहित आकर्षक पर्यटकीयस्थल बनाइने भएको छ।

‘स्थानीय सरकारसँगको सहकार्यमा ताइवानले गुरुयोजनाअनुसार यसलाई सम्पन्न गर्दासम्म करिब ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर आकर्षक पर्यटकीय गन्तव्य बनाउँदै छ’, जिरेलले भने। सरकारबाटै ७५ रोपनी जग्गा दिइसकिएको छ। यो परियोजनाका लागि वरपर सार्वजनिक जग्गा भएकाले आवश्यक क्षेत्र उपभोग गर्न दिने भन्नेछ। यो स्थानमा गुरु पद्म सम्भवको विश्वकै अग्लो प्रतिमा, बौद्ध गुम्बा, प्रतिमा, आ श्रमसहितको संरचना बनाइने भएको छ। यहाँ पर्यटक आकर्षण गर्न केबलकारदेखि पार्कस्थलसम्म छन्।

यो स्थानमा आउन सडक विस्तारको काम अगाडि बढिरहेको र यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई आकर्षक तरिकाले अगाडि बढाइँदै छ। नेपालमा पहिलोपटक सहकारी एकीकरण भएको स्थानका रूपमा जिरीलाई चिनिन्छ। यसै कारण देशभरका सहकारीले यहाँ बेला–बेलामा कार्यक्रम लिएर आउँछन्। शैक्षिक भ्रमणदेखि बाहिरबाट आउने नेपालीको विभिन्न प्रकारको मुभमेन्ट पनि बढिरहेको छ।

जिरीमा गुरु पद्म सम्भवको विश्वकै अग्लो प्रतिमा, बौद्ध गुम्बा, प्रतिमा, आश्रमसहितको संरचना बनाइनेछ।

यो क्षेत्रमा निर्माण हुने टोनी हेगन पार्कका लागि प्रदेश र स्थानीय दुवै तहले प्राथमिकता दिएको छ। प्रदेश सरकारले २५ लाख र स्थानीय सरकारले पनि १५ लाख खर्च गर्ने गरी आवश्यक कार्यक्रम र योजनासहितको बजेट विनियोजन गरेको मेयर जिरेल बताउँछन्। बनभोजस्थल, पोखरी, झरनासहितको यस्तो पार्क तीन वर्षभित्रमा वातावरणमैत्री र आकर्षक हुने उल्लेख छ। करिब ६ सय क्षेत्रफल ओगट्ने भएकाले वनजंगल, जनावर, चराचुरुङ्गीसहितका सबै पक्षलाई जोगाउने गरी पार्क चल्नेछ।

पुरानो ट्रेकिङ रूट भएकाले सगरमाथा जाने पहिलो प्रवेश विन्दूका रूपमा अगाडि सारिनेछ। यसका लागि पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागसम्म सहकार्य हुने भएको छ। अहिले बिदाका दिनमा जिरी आइपुग्ने पर्यटकको उत्साह निकै बढेको छ। यहाँ बिदाका दिनबाहेक पनि पर्यटक आइपुग्ने वातावरण बनाउने कोसिस गरेको उनले बताए।

यो क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना र दीर्घकालीन महŒवका कार्यक्रम तय भइरहेका छन्। वार्षिकरूपमा बजेट दिँदै र काम गर्दै जाने गरी टोनी हेगन, तेन्जिङ हिलारी संग्रहालय, बुद्ध पार्क, टावर, स्टोन पार्कसहित योजना अगाडि बढाइएको र बर्सेनि बजेट विनियोजन गर्दै जाने काम भइरहेको जिरेलले बताए।

जिरी ताललाई हामीले यो क्षेत्रका लागि ड्रिम प्रोजेक्टकै रूपमा अगाडि बढाएको उनले उल्लेख गरे। जिरी खोलामा बन्ने यस्तो तालको लम्बाइ १३ सय मिटर हुन्छ भने चौडाइ ३ सयदेखि ८ सय मिटरसम्म हुनेछ। यसको ड्याम पनि ६० मिटर अग्लो हुने बताइएको छ। यो तालमा डुंगा चलाउने, छेउमा लज रिसोर्ट सञ्चालन गर्ने, तालमा माछा पाल्ने र यसको पानीबाट २.४ मेगावाटको बिजुली पनि निकाल्ने योजना छ। जिरी नगरपालिकाको ४ र ६ नम्बर वडाको सिमानामा रहेको यो ताल यस क्षेत्रको आकर्षक पर्यटकीय योजना बन्ने दाबी जिरेलको छ। यस ताल प्रदेश सरकारकै प्राथमिकतामा परेको छ।

टोनी हेगन नेपाल घुम्दै गर्दा सन् १९५७÷५८ तिर जिरी आइपुगेको र यहाँको आकर्षक भ्याली देखेर यसलाई उपभोग गर्नुपर्छ भनेर अवधारण बनाएको उल्लेख छ। उनकै पहलमा जिरीको पहिलो विकास र पर्यटकीय आकर्षण भनेकै यो क्षेत्र चिनाउन सुरु गरिएको गाइपालन नै हो। साँगाबाट जस्ता र किलाकाँटा बोकेर जिरी पुर्‍याएको र स्विसबाटै गाई ल्याएर यहाँ गाइपालन गरिएको उल्लेख छ।

गाइपालन सुरु गरेपछि औषधि आवश्यकता परेर क्लिनक हुँदै जिरी अस्पताल सुरु भयो। विस्तारै विद्यालय सुरु भएको थियो। स्विस नागरिकलाई मनपर्ने यो स्थानमा प्रशस्त याकपालन हुन थालेपछि चिज कारखाना खुलेको पाइन्छ।

हरियाली क्षेत्रको सदुपयोग गर्न वन कार्यालय, जिरीमा नै सानो जहाज बस्ने विमास्थल बनाइएको थियो। त्यसपछि अर्को स्थानमा ट्विनअटर विमान चल्ने विमानस्थल बनाइएको उल्लेख छ। यसलाई सञ्चालन गर्न जिरी मल्टिपल डेभलपमेन्ट प्रोजेक्ट (जीएमटी) सञ्चालन गरेको मेयर जिरेल बताउँछन्। यो क्षेत्रमा बढेको विकासक्रमसँगै पर्यटकीय गतिविधिलाई जोड्न सकिने जानकारी मेयर जिरेलले दिए।

दोलखा पर्यटन विकास समितिले गत साता आयोजना गरेको जिरी अध्ययन भ्रमणका क्रममा समितिका अध्यक्ष बैकुन्ठ प्रधानले भने, ‘यो क्षेत्रको गतिविधिलाई प्रवर्द्धन गर्न नयाँ र पुराना सबै योजना अगाडि सार्न थालिएको छ।’ पर्यटन विकास र प्रवर्द्धनमा दोलखाले पुर्‍याएको योगदानलाई कदर गर्दै थप संरचना बनाएर ३ वर्षमा नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउन सकिने दाबी प्रधानको छ। उनका अनुसार जिरीदेखि दोलखा भीमेश्वर हुँदै कालिञ्चोकसम्म पर्यटकीय प्याकेज बनाएर यो क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.