कोल्टी एक सातादेखि संचारविहीन
बाजुरा : बाजुरा जिल्लाको उत्तरी क्षेत्र एक सातादेखि संचारविहीन बनेको छ।संचार सेवा बन्द हुँदा त्यस क्षेत्रका चार स्थानीय तह र कणाली प्रदेशका मुगु, कालिकोट र हुम्ला जिल्लाका केही स्थानीय तह एक सातादेखि संचारबाट बिच्छेद भएका छन्।
बडीमालिका नगरपालिका-७ कालाजग्राको रहेको नेपाल टेलिकमको रिपिट टावरमा आएको खराबीका कारण कोल्टि क्षेत्र संचारबिहीन बनेको नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख माधव जोशीले जानकारी दिए।
संचार नहुँदा कोल्टी क्षेत्रमा समस्या भएको स्थानीय सर्पलाल गिरीले बताए।एक हप्तासम्म टेलिकमको टावर नहुँदा त्यस क्षेत्रका स्थानीय तहका काममा समेत प्रभावित हुनुका साथै सरकारी कामकाज रेडियो संचालन गैरसरकारी संस्थाका कामकाजमा समेत समस्या भएको रेडियो बुढीनन्दाका कर्मचारी महेश कार्कीले बताए।
यता नेपाल टेलिकमको मर्मत टोली बाजुरा पुगिसकेको छ आजै कालाजग्रा पुगेर टावर मर्मत हुने र सेवा संचालन हुने जोशीले जानकारी दिए।कोल्टी क्षेत्रको टावरमा हरेक महिना आउने समस्याले त्यस क्षेत्रका स्थानीय आजित भएका छन्।