कुटपिटबाट एक व्यापारीको हत्या, २ घाइते

कुटपिटबाट एक व्यापारीको हत्या, २ घाइते

दार्चुला : महाकाली नगरपालिका–३ काटै रामलाडीमा एक वृद्धाको हत्या गरिएको छ भने दई जना गम्भीर घाइते भएका छन्। शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो।     

उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन्।

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवार सबैको हत्या गर्न खोजिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए।     

खोला किनार नजिकै रहेको पसलमा कुटपिट गरी हत्या गरिएको छ। गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो। घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन। घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ। उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।     

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ। घाइते वीरभानको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर ल्याउने तयारी गरिएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.