भ्रष्टाचारविरुद्ध जुटे कालिकोटका युवा

भ्रष्टाचारविरुद्ध जुटे कालिकोटका युवा

कालिकोट :  कालिकोटका युवाहरुले भ्राष्टाचारविरुद्ध सुशासन अभियान सुरु गरेका छन्। कालिकोटका युवा विद्यार्थीको सक्रियतामा कर्णाली युवा सुशासन तथा विकास केन्द्रको स्थापना गरी शनिबारबाट औपचारीक रुपमा भ्रष्टाचारविरुद्ध सुशासन अभियानको सुरुवात गरेका हुन्। 

जिल्लाको स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकायमा हुने अनियमिततालाई रोक्न आफूहरुले सुशासन अभियान सुरु गरेको कर्णाली युवा सुशासन तथा विकास केन्द्रका अध्यक्ष बसन्त शाहीले बताए। उनले पछिल्लो समय स्थानीय सरकारमा भइरहेको अनियमितताका कारण नागरिक संघीय संरचनाप्रति नै असन्तुष्ट हुने अवस्था आएकाले स्थानीय सरकारलाई जनता प्रति उत्तरदायी बनाउन यो अभियान सुरु गरेको बताए।

कर्णाली युवा सुशासन तथा विकास केन्द्रका उपाध्यक्ष रचिन्द्र शाहीले विकास र सामाजिक अभियानमा युवाहरुको सक्रियता बनाउने लक्ष्य रहेको बताए। उनले जिल्लालाई भ्रष्टचारमुक्त सुशासनयुक्त जिल्लाका रुपमा विकास गर्ने उद्देश्यले आफूहरु संस्थागत रुपमा सूचनाको हकलाई प्रयोग गर्दै अगाडी बढ्ने बताए। 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनीपाल शाहीले युवा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेर राम्रो कार्यमा लागेको बताए। उनले जिल्लाको विकास निर्माण तथा सुशासन कायम गर्न युवाहरुको सक्रियताले आफू थप उत्साहित भएको बताए।

कार्यक्रममा जिल्ला न्यायधिश स्यामसुन्दर अधिकारीले गाउँमा आएको बजेट सही तरिकाले खर्च भए नभएकोबारे युवाले हेर्नु आवश्यक रहेको बताए। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष धनजित शाहीले युवाहरुले थालेको भ्रष्टचारविरुद्धको अभियानमा राजनीतिक दलले सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले युवाहरुले सुरु गरेको सुशासन अभियानमा पूर्ण साथ दिने प्रतिवद्धता जनाउँदै युवाहरु पनि जिम्मेबार बन्न सुझाव दिए। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले हरेक सार्बजानिक निकायमा कार्य सम्पादन भएका कामको बारेमा सूचना माग्न पाउने हरेक नागरिकको अधिकार रहेको बताउँदै यसको भरपुर प्रयोग गर्न युवाहरुलाई आग्रह गरे। उनले जिम्मेबारपूर्ण तरिकाले कानुनी प्रक्रियाद्धारा सूचना माग्दा आइपर्ने जटिलतामा आफूले सहयोग गर्ने बताए।

कार्यक्रममा नेकपाका जिल्ला सचिव नगिन्द्र शाही नेशनलले युवाहरुले थालेको सुशासन अभियान निकै प्रशंसनीय रहेको बताउँदै युवाहरु पनि नैतिकवान बन्नुपर्ने बताए। उनले जिल्लालाई सुशासनयुक्त बनाउनका लागि सबै क्षेत्रबाट आ -आफनो क्षेत्रबाट पारदर्शीतालाई अवलम्वन गर्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला बारका अध्यक्ष दमनराज बमलगायतका वक्ताले जिल्लाका हरेक स्थानीय सरकारमा व्यापक रुपमा आर्थिक अनियमितता भइरहेको भन्दै यसलाई सबैले रोक्नका लागि जागरुप हुनुपर्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.