लण्डनमा नेवारी भोज

लण्डनमा नेवारी भोज

लण्डन : नेवारी समुदायमा एक सांस्कृतिक पर्वकै रुपमा वर्षेनी आयोजना हुने नेवा भोज 'गुथि भ्वय' शनिबार लण्डनमा पनि सम्पन्न भएको छ। पासा पुचः यूके साउथ इस्ट लण्डन शाखाले आयोजना गरेको उक्त भोजमा करिब २ सय ५० जनाको सहभागिता रह्यो। जसमध्ये केहि गैरनेवार समुदायका नेपाली र विदेशी पनि थिए। 

भोजमा मौलिक शैलीमा पातको लप्टेमा ४ दर्जन नेवारी परिकार सर्भ गरिएको थियो। घरमै तयार गरिएका खानाका परिकारदेखि, रक्सी, जुजु धौसम्म भोजमा समावेश थिए। 

भोजका लागि परिकार आयोजक पासा पुचःका सदस्यले आ-आफ्नै घरमै तयार पारेर ल्याएका थिए। भोज सुरु हुनुअघि समाजका ज्येष्ठ सदस्यलाई नाइके चयन गरिएको थियो। समाजका महिला सदस्यले परम्परागत धिमेबाजा बजाएर अतिथिलाई स्वागत गरेका थिए।

 
गायक प्रेमध्वज प्रधान उक्त कार्यक्रमको विशेष अतिथिको रुपमा सहभागी भए।उनले नेवारी भाषाको आफ्नो बहुचर्चित गीत राजामती ....समेत गाएर सुनाएका थिए। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा नेपाली संस्कृति र मौलिकताको संरक्षणका लागि गरिएको प्रयास भन्दै प्रशंसा गरेका थिए। 

पछिल्लो ४ वर्षदेखि बेलायतमा पनि हरेक वर्ष यो भोज मनाइँदै आएको छ। 'हाम्रो मौलिक परिकारमार्फत् हामीले आफ्नो संस्कृतिलाई यहाँ पनि बचाइ राख्ने कोशिस गरेका छौं,' आयोजक संस्थाका अध्यक्ष सुशिल प्रजापतिले भने,'यतै जन्मिएका र हुर्किँदै गरेका हाम्रा पुस्तालाई आफ्नो संस्कारबारे जानकारी दिन यो कार्यक्रमबाट ठूलो सहयोग पुगेको छ।' हुर्किँदै गरेका आफ्ना पुस्ता, गैरनेवार समुदायका नेपाली र विदेशीमाझ नेवारी खाना र मौलिकता चिनाउने कार्यक्रमको लक्ष्य रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.