राजधानीका दुई ठाउँमा विस्फोट : तीनको मृत्यु, ६ घाइतेको उपचार हुँदै

राजधानीका दुई ठाउँमा विस्फोट : तीनको मृत्यु, ६ घाइतेको उपचार हुँदै

काठमाडौं : राजधानी काठमाडौंमा आइतबार दिउसो भएका दुई विस्फोटमा घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ। सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनाको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।

घटनास्थलतमा खटिएका एक प्रहरी अधिकारीका अनुसार शैलुनभित्र सिलिन्डर विस्फोट भएको अवस्थामा नदेखिएकाले अरु नै बस्तु पड्किएको शंकामा अनुसन्धान भइरहेको छ।

घट्टेकुलोस्थित एक घरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यका अनुसार उक्त विस्फोटमा एकजना घाइते भएका छन्। घाइते रवीन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्‍धानबाट घाइते केसी त्रिचन्द्र क्याम्पसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका इकाइ सभापति भएको खुलेको छ।  

घट्टेकुलोमा जुन घरमा विस्फोट भयो, त्यहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्। 

अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। मृतकको  सनाखत हुन सकेको छैन। मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको जानकारी एसपी सिंहले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.