अनामनगर घट्टेकुलो बम विस्फोटमा जे देखियो  (तस्बिर)

अनामनगर घट्टेकुलो बम विस्फोटमा जे देखियो  (तस्बिर)

तस्बिर : अशोक दुलाल 

काठमाडौं : राजधानीमा आइतबार दिउँसो भएका दुई विस्फोटमा चार जनाको मृत्यु भएको छ। घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंको सुकेधारा र अनामनगरका शक्तिशाली विस्फोट भएको हो। सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र उपचारका कममा एकजना गरी तीनजनाको मृत्यु भयो भने अनामनगरको एकजनाको मृत्यु भएको छ। 

अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। विस्फोटपछि स्थानीयबासी त्रासले घरभित्रै पस्न सकेका छैनन्। घट्टेकुलो विस्फोटमा केसी त्रिचन्द्र क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका इकाइ सभापति भएको खुलेको छ।  

घट्टेकुलोमा जुन घरमा विस्फोट भयो, त्यहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्। 

अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। घटनास्थल सिल गरेर मृतकको शव उठाउन दिइएको छैन। मृतकको  सनाखत हुन सकेको छैन। मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाइ छ।

विस्फोट लगत्तै कट्टेकुलो पुगेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले कैद गरेका तस्बिर : 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.