विस्फोटका घटनापछि गृहमा आकस्मिक बैठक

विस्फोटका घटनापछि गृहमा आकस्मिक बैठक

काठमाडौं : राजधानीमा शृंखलाबद्ध विस्फोटका घटनापछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर आकस्मिक छलफल गरेका हुन्।

छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए। 

गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखसँग आइतबार भएको घटनाबारे जानकारी लिएका थिए। उनले देशैभर सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन दिएका छन्। मन्त्री थापाले अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै अलर्ट रहन निर्देशन दिएका थिए। 

प्रतिबन्धित नेकपा विप्लव समूहले राजधानीमा शृंखलाबद्ध बम विस्फोट गराएको छ। सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

सुकेधारास्थित एक सैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । दुवै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ। बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.