निजी छाडेर विद्यार्थी सामुदायिकमा

निजी छाडेर विद्यार्थी सामुदायिकमा

बेंसीसहर : सामुदायिक विद्यालयले नै अंग्रेजी माध्यममा पढाउन थालेपछि बोर्डिङका विद्यार्थी निजी स्कुलमा आकर्षित भएका छन्। यसको उदाहरण बनेका छन्, सुन्दरबजारको विद्याज्योति र मध्यनेपालको मंगला माध्यमिक विद्यालय।

मध्यनेपाल नगरपालिका–३ सोती पसलमा रहेको मंगला माविमा बोर्डिङ छाडेर आउने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ। वरपरका बोर्डिङ स्कुल विद्यार्थी अभावले सुनसान हुन थालेका छन्। प्रधानाध्यापक विष्णुहरि बास्तोलाका अनुसार चालु शैक्षिक सत्रमा दुई सय नयाँ विद्यार्थी भर्ना भएका छन्। नयाँ आएका विद्यार्थी अधिकांश बोर्डिङ छाडेर आएका हुन्। ‘वर्षांैसाल विद्यार्थी बढिरहेका छन्’, प्रधानाध्यापक बास्तोलाले भने, ‘विद्यार्थी धेरै हुने भएर नयाँ आउनेलाई प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौं।’

विद्यालयका अनुसार ०७२ मा ८ सय १४ जना विद्यार्थी थिए। ०७३ मा ८ सय २६ पुग्यो भने ०७४ मा ९ सय २० र ०७५ मा हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरेका थिए। यस वर्ष विद्यार्थी संख्या १२ सयभन्दा बढी पुगेको प्रधानाध्यापक बास्तोलाले जानकारी दिए। छिमेकी जिल्ला तनहुँ, कास्कीका साथै काठमाडांैका निजी विद्यालयमा पढ्दै गरेका विद्यार्थी पनि भर्ना हुन आएको सहायक प्रधानाध्यापक शशिराज घिमिरेले बताए।

सुन्दरबजार नगरपालिका–५ तार्कु खहरेमा रहेको विद्याज्योति माविमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। प्रधानाध्यपक सूर्यबहादुर केसीले विद्यार्थीको चाप बढेपछि नयाँ शैक्षिक सत्रका लागि कक्षा ७, ८ र ९ मा प्रवेश परीक्षा लिएर भर्ना गरिएको बताए।

विद्यार्थीलाई बालमैत्री र प्रविधिमैत्री वातावरणमा पढाइने गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा कम्प्युटर ल्याबसमेत राखिएको छ। नर्सरीदेखि १२ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। विद्यार्थीको चापलाई ध्यानमा राख्दै विद्यालयमा कक्षा ७ देखि १० सम्म दुई श्रेणीमा विभाजन गरी पढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.