सीजी फ्यान तथा कुलरमा आकर्षण

सीजी फ्यान तथा कुलरमा आकर्षण

काठमाडौं : सीजी ब्रान्डले गर्मी लागेसँगै घरायसी तथा कार्यालय प्रयोजनका लागि विभिन्न किसिमका एयर कुलर तथा फ्यान नेपाली बजारमा ल्याएको छ। गर्मीयामको सुरुवातसँगै बजारमा यस्ता घरायसी सामग्रीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो।

पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल सीजीले बजारमा विभिन्न मोडल र आकर्षण डिजाइनका साथै नयाँ उत्पादन बजारमा भित्र्याएको सीजी इलेक्ट्रोनिक्सका सेल्स हेड निरज ठाकुरले बताए। उनका अनुसार नेपाली ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय उत्पादन दिन सकेकै कारण यी ब्रान्डका घरायसी सामग्री ग्राहकको रोजाइमा परेका हुन्। त्यतिमात्रै नभएर नेपाली ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय स्तरका सामाग्रीको सहज पहुँच पनि अर्को कारण भएको उनी बताउँछन्।

ठाकुरका अनुसार कम्पनीले सीजी ब्रान्डको एयर कुलर र फ्यानका नयाँ मोडल बजारमा भित्र्याएको हो। कम्पनीले भित्र्याएका नयाँ मोडल आकर्षक, किफायती र गुणस्तरीय छन्। उनी भन्छन्, ‘कम्पनीले फ्यानअन्तर्गत कम्पनीले सिलिङ, स्ट्यान्ड, वाल र टेबल गरी विभिन्न प्रकारमा भित्र्याएको छ।’ जसमा प्रयोग भएको प्रविधिले स्वच्छ हावा प्रदान गरी कोठालाई चिसो बनाउन मद्दत गर्नेछ। १२ वटा मोडलमा उपलब्ध सिलिङ फ्यान विभिन्न साइजमा उपलब्ध छन्।

जसमा अमेज डेको, प्रिमियम रेस, फोनिक्स मोडल छन्। तिनमा उच्च टर्क मोटर, साइलेन्ट अप्रेसन, डबल बल वेयरिङ लगायतका सुविधा छन्। यी फ्यान इभोरी गोल्ड, ग्लसी ह्वाइट, ब्राउन, कपर ब्राउन लगायतका रंगमा उपलब्ध छन्। टेबल फ्यानअन्तर्गत रिमोट र ननरिमोट गरी दुवै मोडलमा रहेको कम्पनीले जनाएको छ। फ्यान तीनवटा स्पिड कन्ट्रोलका साथ उपलब्ध छन्। फ्यानमा उच्च क्षमताको मोटर, टाइमर, थ्री एएस ब्लेड लगायतका सुविधा पनि छन्।

१८ सयदेखि ३१ सय रुपैयाँसम्म बजारमा उपलब्ध यी फ्यान सेतो र खैरो रंगमा छन्। कम्पनीले विभिन्न मोडलमा स्ट्यान्ड फ्यान पनि बजारमा ल्याएको छ। कम्पनीले टोरनाडो, क्विक, ट्वीन ब्लेड, स्टर्मीलगायत मोडलमा टेबल फ्यान भित्र्याएको छ। जसको बजार मूल्य ३३ सय रुपैयाँबाट सुरु भई आठ हजार रुपैयाँसम्म रहेको ठाकुर बताउँछन्।

चारवटा मोडलमा रहेका एयर कुलरलाई कम्पनीले डिजर्ट र पर्सनल गरी दुई भागमा विभाजन गरेको छ। यसमा आइस चेम्बर, पावरफूल मोटर र स्ट्रोङ फ्यान, हनिकम्बो प्याड, वाटर लेभल इन्डीकेटर सहितका विशेषता छन्। एयर कुलर ग्राहकको मागअनुसार विभिन्न क्षमतामा उपलब्ध रहेको ठाकुरको भनाइ छ। उनका अनुसार विभिन्न आकर्षक डिजाइन र रंगमा उपलब्ध कुलरको बजारमा मूल्य १३ हजारदेखि १७ हजार रुपैयाँसम्म तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.