गर्मी बढेपछि निजी विद्यालय बन्द

गर्मी बढेपछि निजी विद्यालय बन्द

दाङ : दाङमा अत्याधिक गर्मी बढेपछि संस्थागत विद्यालय बन्द गरिएका छन्। संस्थागत विद्यालयको छाता संगठनले निर्णय  गरेर चार दिन विद्यालय बन्द गर्ने भएका हुन्। गर्मी बढ्दै गएपछि पठन-पाठनमा असहजता आउन थालेपछि संस्थागत विद्यालय चार दिन बन्द गरिएको नेशनल प्याब्सनका जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीले बताए।

प्याब्सन र एन प्याब्सन दाङले संयुक्त विज्ञप्ति निकाल्दै जेठ १४ देखि १७ गतेसम्म चार दिन विद्यालय बन्द गरिने जनाएको छ। प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढा र एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकीले संयुक्तरुपमा हस्तक्षरित विज्ञप्तिमा गर्मीका कारण विभिन्न रोग तथा भाइरलको संक्रमण बढ्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।

निरन्तर गर्मी बढिरहेँदा विद्यार्थी बिरामी पर्ने गरेका छन्। विद्यालयमा विद्यार्थी बिरामी पर्न थालेपछि स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै संस्थागत विद्यालयको छाता संगठनले जिल्लाका सबै संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत राष्ट्रिय परीक्षामा विद्यार्थीको पठनपाठनका लागि वैकल्पिक व्यवस्था गर्न पनि सम्बन्धित विद्यालयलाई अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.