बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले दुई मोटरसाइकल जलाइदिए

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले दुई मोटरसाइकल जलाइदिए

कालिकोट : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन्। कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन्। 

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिए।

उनले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, राजमार्ग बन्द गर्नका लागि कार्यकर्ता खटिएको बताउँदै बन्दको अवज्ञा गर्ने जोकोहीलाई पनि नछाड्ने बताए। 

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले विप्लव समूहको बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.