‘भारतकाे लाेकसभामा नवनिर्वाचित ४३ प्रतिशत सांसदले मुद्दा खेपिरहेका छन्’
नयाँदिल्ली : भारतको लोकसभामा नवनिर्वाचित सांसदहरुमध्ये ४३ प्रतिशत सांसदले आपराधिक मुद्दा खेपिरहेका छन् । जसमध्ये केही त बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दा पनि खेप्दैछन् ।
‘एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म’ (एडिआर) नामको संस्थाले गरेको अध्ययनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कांग्रेसका एक नवनिर्वाचित सांसदले त मानव बेचबिखन सहित २ सय ४ वटा मुद्दाको सामना गरिरहेको उक्त संस्थाले जनाएको छ ।
एडिआरले ५ सय ३९ निर्वाचित सांसदको रिपोर्ट अध्ययन गरेर यस्तो तथ्यांक पेश गरेको बताएको छ । रिपोर्टका अनुसार सर्वाधिक सिट जितेको प्रधानमन्त्री नरेन्द्र मोदी संलग्न पार्टी भारतीय जनता पार्टीका ३ सय ३ सांसदमध्ये १ सय १६ जना सांसदमाथि आरोप छ । जसमध्ये एकजनाले त ‘आतंकवादी’ कै आरोप खेपिरहेका छन् । यस्तै कांग्रेसका २९ सांसदले यस्ता आरोप खेपिरहेका छन् ।
भाजपाको तर्फबाट निर्वाचित प्रज्ञा ठाकुरमाथि ६ जनाको हत्या गरेको मुद्दा छ । जब कि, उनले आफूमाथि कांग्रेसले षड्यन्त्र तरिरकेको भन्दै आरोप इन्कार गर्दैआएकी छन् ।