‘मन्त्रालयको आदेश भन्दै काम नगर्ने कर्मचारीसँग प्रतिनिधिको मनमुटाब’

‘मन्त्रालयको आदेश भन्दै काम नगर्ने कर्मचारीसँग प्रतिनिधिको मनमुटाब’

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले मन्त्रालयको आदेश भन्दै काम नगर्ने कर्मचारीसँग जनप्रतिनिधिको मनमुटाब भएको टिप्पणी गरेका छन् ।

नियतभन्दा पनि बुझाइका कारण मनमुटाब हुँदा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व हुने गरेको उनको भनाइ छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘चालु आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

‘स्थानीय सरकारले काम गरेनन् भन्नुभन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याहरुका बीचमा यत्तिका काम गाउँपालिकाले गरे भन्नु जायज होला, गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर हुँदैन,’ श्रेष्ठले भनेका छन् ।

महासंघका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाहरुले काम गर्न नसकेकोभन्दा परिणाम देखिन बाँकी रहेको बताए । एउटा गाउँपालिका वा त्यहाँको कर्मचारी÷जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्नु दुर्भाग्य भएको उनको भनाइ छ ।

महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले करबारेका भ्रम चिर्न गाउँपालिकाहरुलाई समय लागेको बताए । ‘पहिलो वर्ष भएको र विगतको खाडल पुर्नुपर्ने भएका जस्ता कारणले अपेक्षित उपलब्धी हुन नसके पनि भोलिका लागि थुप्रै सिकाइ भएका छन्’, उनले भने ।

फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा ‘फोकस’ कार्यक्रम ल्याउनु पर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.