अव्यवस्थित तारबाट करेन्ट लागेर दुई चालककाे मृत्यु, दुईजना घाइते

अव्यवस्थित तारबाट करेन्ट लागेर दुई चालककाे मृत्यु, दुईजना घाइते

मकवानपुर : उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपलिका–३ सिस्नेरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् ।

सोमबारको उक्त घटनामा मृत्यु हुने दुबैजना सवारी चालक हुन् । ११ हजार भोल्टेजको करेन्ट लागेको थियो ।

भीमफेदी गाउँपालिकास्थित इपामा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना ७  ख ९३२६ नम्बरको टिलर हाइटेन्सन लाइनमा छुँदा विद्युत् सर्ट भइ करेन्ट लागेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराइले बताए ।

करेन्ट लागेर मृत्यु हुनेमा टिलर चालक नुवाकोट बेलकोटगढी ७ मझुवाका ३५ वर्षीय विशाल तामाङ र जेसिवी चालक सिन्धुली तीनपटन गाउँपालिका आमबोटेका २८ वर्षीय वीरबहादुर मगर रहेको भट्टराईले जानकारी दिए ।

घाइते हुनेमा सिन्धुली तीनपटनका २५ वर्षीय गोपालराम ओली र दाङ घर भइ ललितपुर बस्दैआएका ४५ वर्षीय महेश बस्नेत रहेको बताइएको छ ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

सडक छेउमा रहेको विद्युत्को तारमा टिलरले छोएपछि चालक र सहचालक करेन्ट लागेर घाइते भएको र घाइते चालकलाई बचाउन जाँदा जेसिवी चालकलाई समेत करेन्ट लागेर दुबै जनाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी भट्टराईले बताए ।

टिलरलाई सडक खाल्डा खुल्डीका कारण सामान लिएर आउन समस्या भएपछि सहायताका लागि जेसिवी पनि साथमै आएको स्थानीय सन्तोष बानियाँले बताए ।

‘केही दिनअघि ट्रिपरले विद्युत्को पोललाई ठोकेपछि पोलको तार अव्यवस्थित अवस्थामा थियो’, उनले भने, ‘सोही तारले टिलरमा रहेको ट्रान्समिटरलाई छुँदा करेन्ट लागेको हो ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.