विवादित मिडिया विधेयक : मन्त्री बाँस्कोटा भन्छन् - फिर्ता लिइन्‍न, लिइन्‍न र लिइन्‍न (भिडियो)

विवादित मिडिया विधेयक : मन्त्री बाँस्कोटा भन्छन् - फिर्ता लिइन्‍न, लिइन्‍न र लिइन्‍न (भिडियो)

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विवादित मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन्। रेडियो अन्नपूर्ण नेपालको ५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। 

‘मिडियाका तर्फबाट उठेका केही कुरामा समस्या रहेछ भने अवश्य सच्याइने छ। सच्चिन्छ’, मन्त्री बाँस्कोटाले भने, ‘फिर्ता लिई, फिर्ता लिई, फिर्ता लिई भनिन्छ भने फिर्ता लिइन्न, फिर्ता लिइन्न र फिर्ता लिइन्न।’ 

उनले लोकतान्त्रिक सरकारले ल्याएको विधेयकप्रति धेरै शंका नगर्न आग्रह गर्दै छलफल गरेर अगाडि बढ्न आग्रह गरे। ‘अलिकति कमिकमजोरी छन् हेरौँ है भन्नुहुन्छ भने ‘ए होर !’ भन्छौँ’, उनले भने, ‘ठिक छ, आउनुहोस्, छलफल गरौँ। नमिलेका कुरा मिलाऔँ। प्रजातन्त्र हाम्रो हो। यो विधेयक देखाउन होइन, प्रयोगका लागि आएको हो। त्यसमा हाम्रो केही स्वार्थ छैन।’

उनले विधेयक गहिरो गरी अध्ययन गर्न सुझाव दिए। ‘हामी अलिकति नाकको डाँडी अगाडि मात्र देख्ने गल्ती नगरौँ’, उनले भने, ‘क्षितिजसम्म हेर्ने गरौँ। 

विधेयक नपढिकन टिप्पणी नगर्न सुझाए। ‘विधेयकले लोकतन्त्र नै खतरामा छ भनेको सुन्छु, कहाँ छ त्यस्तो ? त्यो त देखाउनु पर्‍यो नि !’, मन्त्री बाँस्कोटाले भने, ‘अलिअलि मिस गाइड भयो। पढेर मात्र टिप्पणी गरिदिनुहुन आग्रह गर्दछु।’ 

मन्त्री बाँस्कोटाले प्रजातान्त्रिक कानुन बन्ने कुरामा शंका र चिन्ता नगर्न आग्रह गरे। ‘यहाँ धेरै हल्ला गर्नेले केही गरेका छैनन्। धेरै शंका नगरौँ। प्रतिशंका भयो भने इरिटेशन हुन्छ’, उनले भने, ‘हामी प्रभावित हुँदैनौँ। प्रजातान्त्रिक कानुन बन्छ। ढुक्क हुनुहोस्।’ 

उनले विधेयकले लोकतन्त्र खतरामा पर्यो भन्नु गलत भएको उल्लेख गरे। ‘हामी पनि लोकतन्त्रकै लागि लडेर आएका छौँ’, उनले भने, ‘विधेयकबाट डराउनु पर्दैन।’

मन्त्री बाँस्कोटाले तथ्य र विवेकबाट मिडिया चल्नुपर्ने बताए। ‘मिडिया जिम्मेवार क्षेत्र हो’, उनले भने, ‘तर, विवेकबाट चल्नुपर्छ।’  एउटा मन्त्रीले लोकतन्त्रलाई हलाउन नसक्ने उनको भनाइ छ। ‘सबैले बुझेकै कुरा हो, कमजोर संविधान जारी भएको छैन। यो रगत र जीवनको मूल्यसँग साटिएको संविधान हो। जसले हाम्रो स्वतन्त्रतालाई रक्षा गरेको छ’, उनले प्रश्न गर्दै भने, ‘यसलाई एउटा मन्त्रीले हल्लाउन सक्छ ?’ 

मन्त्री बाँस्कोटाले मिडिया बाहिरबाट प्रभावित भएको आरोप लगाए। ‘मिडिया बाहिरबाट धेरै प्रभावित भए’, उनले भने, ‘इन्जेक्सनबाट पढाएको छ, पढाएको छ। त्यो ठिक छैन।’  मिडिया 'बाहिरबाट प्रभावित भएको' दाबी गरे।  

मिडिया विधेकको विरोध गर्नेप्रति आक्रमक प्रस्तुत भएका मन्त्री बाँस्कोटाले अत्याचार गर्नेलाई कारबाही गर्न पाउनुपर्ने उल्लेख गरे। ‘गाली, अपमान र अत्याचार गर्नेलाई कारबाही गर्न नपाइने ?’, मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने,  ‘पत्रकारिता मूल्य मान्यतामा बसेर जे पनि गर्न सकिन्छ। तर, अत्याचार गर्नेलाई कारबाही गर्ने प्रावधान राख्नुपर्छ।’

उनले विधेयकले मिडियालाई स्वनियमनको अधिकार दिएको दाबी गर्दै केही व्यक्तिले यसका बारेमा अफवाह फैलाएको आरोप लगाए। ‘पत्रकारिता तथ्यकारिता हो। आशंकाकारिता होइन’, बाँस्कोटाले भने, ‘एउटा अध्यारो कोठामा बसेर लोकतन्त्र बचाउन नसक्नेहरुले विधेयकको विषयमा अफवाह फैलाए।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.