बसको ठक्करबाट बृद्धकाे मृत्यु

बसको ठक्करबाट बृद्धकाे मृत्यु

स्याङ्जा : बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलबार दिउसो पोखराबाट बुटवल जाँदै गरेको ना ४ ख २३२२ नम्बरको यात्रुवाहक बसले पुतलीबजार नगरपालिका–१ स्थित बजारमा ७३ वर्षीय बृद्धलाई ठक्कर दिँदा ज्यान गएको छ ।

पुतलीबजार–१३ लाम्पाटाका पूजा भन्ने मनबहादुर दमैलाई बसले ठक्कर दिएको हो । त्यसपछि उनलाई जिल्ला अस्पताल स्याङ्जा लगियो । स्याङ्जाबाट रिफर गरी गण्डकी मेडिकल अस्पताल पुर्‍याइएकाे थियो । अस्पतालमा उपचारका क्रममा बृद्धको मृत्यु भएको हो ।

चालक चन्द्रबहादुर राना र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.