सिम्रिक एअरलाई सरकारको सम्मान
काठमाडौं : पहिलोपटक सगरमाथाको उचाइ नाप्न गएको नेपाली टोलीलाई सहयोग गरेबापत् सरकारले सिम्रिक एअरलाई सम्मान गरेको छ।
नापी विभागले मंगलबार सिम्रिक एअरका म्यानेजिङ डाइरेक्टर प्रमे थापालाई विभाग कार्यालयमा सम्मान गरेको सगरमाथा मापन कार्यक्रमका संयोजक एवं प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले म्यानेजिङ डाइरेक्टर थापालाई प्रमाणपत्र सहित समान गरेकी हुन्। यस्तै हिमाल आरोहणमा सहयोग गर्ने संस्था पिक प्रमोसनलाई पनि सम्मान गरिएको छ।
सिम्रिक एअरले सगरमाथाको उचाइ नाप्ने प्राविधिक टोली, आवश्यक सामग्री ल्याउने र लैजान कार्यमा सहयोग गर्दै आएको छ। सगरमाथाको उचाइ नापेर नेपाली टोली फर्किसकेको छ।