जहाँबाट शान्तिको बिगुल बज्यो

जहाँबाट शान्तिको बिगुल बज्यो

(चुनबाङ) पूर्वी रूकुम : सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थियो। लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो।

त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ। यहाँ युद्ध संग्रहालय बनाइए पनि सरोकारवालाले यसको संरक्षणमा त्यति चासो दिएका छैनन्। माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफू बसेको घर र बैठक स्थललाई २०७३ पुस ९ मा युद्ध संग्रहालयका रूपमा उद्घाटन गरेका थिए। संग्रहालयमा ऐतिहासिक दस्तावेज, युद्ध सामग्री, सहिदका स्तम्भलगायत संरचना बनाउने योजना अधुरै छ। नेकपाले यसको विकासमा ध्यान नदिने हो कि भन्ने स्थानीयको चिन्ता छ।

‘बैठकताका यहीं घरमा प्रचण्ड (पुष्पकमल दाहाल) बसेका थिए’, स्थानीय ६८ वर्षीय यज्ञ वलीले घर देखाउँदै भने। यही घरमा नमुना हतियार राखिएको छ। बैठक बसेको एकतले फुसको छानो भएको घरलाई संरक्षण गर्न टिनको टहरो हालिएको छ।

संग्राहलय स्थल पुग्न वनाईएको सिढी र संग्राहलयमा राखिएका युद्धमा प्रयोग भएको हतियारको झल्को दिने नमूना नक्कली हतियार। तस्बिर : खेमबहादुर बुढा

२०६२ असोज–कात्तिकमा माओवादी केन्द्रीय समिति बैठक एक महिना चलेको थियो। अध्यक्ष दाहालसहितका नेता बसेको सम्झना स्थानीयवासीसँग छ। उनीहरू गाउँ नफर्किएपछि सम्झना पनि धूमिल बन्दै गएको स्थानीयको भनाइ छ। बैठकताका दाहाल बसेको र अर्को एकतले घर स्थानीय गञ्जे वलीको थियो। संग्रहालय बनाउन घर र जग्गा १० लाख रुपैयाँमा किनिएको यज्ञले सुनाए। यज्ञ संग्रहालय कुरुवाभैंm बनेका छन्। आक्कलझुक्कल आउने पत्रकार, शोधकर्तालगायत आगन्तुकलाई उनी संग्रहालय अवलोकन गराउँछन्।

घोराही वा लिबाङबाट गैरीगाउँसम्म गाडी यात्रा गर्नुपर्छ। त्यसपछि चुनबाङ पुग्न पैदल एक घण्टा लाग्छ। संग्रहालय पुग्ने उकालोमा सिमेन्टको सिंढी बनाइएको छ। आधा बाटोसम्म बनाइएको सिंढी पूरा होस् भन्ने स्थानीयको चाहना छ।

वैठकले निर्णय गरेको राजनीतिक र फौजी निर्णय संग्राहलय घरको बाहिर लेखेर राखिएको छ। तस्बिर : खेमबहादुर बुढा

वरिपरि आधा दर्जनजति घर छन्। तर, युवा गाउँमा छैनन्। वैेदेशिक रोजगारीले तानेको छ। ‘चुनबाङ युद्ध पर्यटनको गन्तव्य बनोस् भन्ने चाहना छ’, यज्ञले भने, ‘गरिबका छोराछोरीले गाउँमै रोजगारी पाउनुपर्छ।’ यो ठाउँमा पर्यटक भित्र्याउन भुमे गाउँपालिका–९ नम्बर वडा र स्थानीयले होमस्टे सञ्चालनको तयारी गरेका छन्। स्थानीयले गाउँमै रोजगारी, व्यवसाय र विकास होस् भन्ने सपना साँचेका छन्।

चुनबाङ बैठकपछि माओवादी नेताको जीवनशैली फेरियो। तर, चुनबाङवासीमा परिवर्तन देखिएको छैन। गाउँपालिका र वडाले सडक विस्तार, खानेपानी, विद्युतीकरण योजना अघि सारेका छन्। चुनबाङ रोल्पाको परिवर्तन गाउँपालिकासँग जोडिएको छ। भुमे गाउँपालिकाको केन्द्रसम्म चुनबाङवासी सडकबाट जोडिएका छैनन्। गाउँपालिका केन्द्र हिँडेरै जानुपर्छ। उनीहरूले सडक सञ्जालमा जोडिने अपेक्षा रहेको सुनाए।

तत्कालीन नेकपा माओवादीको केन्द्रिय समितिको वैठकका वेला अध्यक्ष पुष्पकमल दाहाल वसेको घर। जुन घरलाई अहिले संग्राहलय वनाईएको छ। तस्बिर : खेमबहादुर बुढा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.