विश्वकपअघि वेस्ट इन्डिजको शक्ति प्रदर्शन

विश्वकपअघि वेस्ट इन्डिजको शक्ति प्रदर्शन

इङ्ल्याण्ड : क्याराबिन राष्ट्रहरुको क्रिकेट टोली वेस्ट इन्डिज ठूला सट खेल्न माहिर खेलाडीले भरिभराउ मानिन्छ । विषेशगरी टी–ट्वीन्टी फम्र्याटको खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यानहरु निकै चम्किने गर्छन्। उनीहरुका ब्याटबाट एक दुई रनभन्दा पनि चौका, छक्का धेरै देख्न पाइन्छ ।  विश्वभरि हुने टी–ट्वीन्टी फ्रेन्चाइज लिगहरुमा वेस्ट इन्डिजका खेलाडीको बाक्लो उपस्थिति देखिन्छ । ११ औं नम्बरमा क्रिजमा आउने ब्याट्सम्यानहरु पनि उत्तिकै दामदार ब्याटिङ गर्ने क्षमता राख्छन् । 

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । विश्वकपअघि मंगलबार न्यूजिल्याण्डविरुद्ध खेलेको अभ्यास खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यानले आफ्नो आक्रमक ब्याटिङको शक्ति प्रदर्शन गरेका छन् । इङ्ल्याण्डको ब्रिस्टोलस्थित कोन्टी ग्राउन्डमा भएको खेलमा वेस्ट इन्डिजले न्यूजिल्याण्डलाई ९५ रनले पराजित गर्‍यो । न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ४९.२ ओभरमा अलआउट हुँदै ४२१ रन बनायो । न्यूजिल्याण्डले ४७.२ ओभरमा ३३० रन बनाउँदा सबै विकेट गुमायो । 

पाका खेलाडी क्रिस गेलदेखि युवा खेलाडी सबैले राम्रो स्कोर बनाए । ११ खेलाडीमध्ये ९ जनाले २० भन्दामाथिको स्कोर बनाए । एकले शतक र दुईजनाले अर्धशतक बनाए । यस सिजनको आईपीएलमा चम्किएका अलराउन्डर आन्द्रे रसेल यस खेलमा पनि चम्किए । उनले २५ बलमा ५४ रन बनाए । विश्वकपमा पनि आफ्नो ब्याटिङ पावर देखाउने संकेत दिएका छन् । 
विकेटकिपर शाइ होपले ८६ बलमा १०१ रन बनाए । युवा खेलाडी इभिन लेविजले पनि ५० रन बनाए । गेलले भने २२ बलमा ३६ रन बनाए । उनले यसै विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् । 

वेस्ट इन्डिजका खेलाडीको ब्याटिङ कार्ड 

विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले पनि आक्रामक सुरुवात गर्‍यो । विकेटकिपर टम ब्लन्डेल ८९ बलमा १०६ रन बनाए । कप्तान केन विलियमसनले ६४ बलमा ८५ रन र बलर इश सोधीले १६ बलमा ३९ रन जोड भने अन्यले सामान्य प्रदर्शन गरे ।  राम्रो ब्याटिङ गरे पनि विशाल लक्ष्य भेट्उन सकेनन् ।
शनिबार भारतसँगको अभ्यास खेलमा भारतलाई जम्मा १७९ रनमा रोकेका न्युजिल्याण्डका बलर वेस्ट इन्डिजका ब्याट्सम्यानसामु निरीह सावित भए । भारतविरुद्ध ४ विकेट लिएका ट्रेन्ट बोल्ट यस खेलमा पनि ४ विकेट लिन सफल भए । 

एकदिवसीय विश्वकपको सुरुवातका दुई संस्करणको उपाधि जितेको वेस्ट इन्डिज यस पटक पनि आफूलाई विश्वकपको प्रबल दावेदारको रुपमा उभ्याएको छ । टी–ट्वीन्टी विश्लकपका ६ संस्करण मध्ये वेस्ट इन्डिजले मात्रै दुई संस्करणको उपाधि जितेको छ । 
बिहीबार विश्पकपको पहिलो खेलमा आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.