हुवावेमाथिको प्रतिबन्ध : प्रयोगकर्तालाई कुनै असर पर्दैन

हुवावेमाथिको प्रतिबन्ध : प्रयोगकर्तालाई कुनै असर पर्दैन

काठमाडौं : गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्तामा कुनै असर नपर्ने हुवावे टेक्नोलोजी नेपालका प्रमुख जोयस झुले बताएका छन्। गुगलको प्रतिबन्धका विषयमा कम्पनीको तर्फबाट आधिकारिक जानकारी गराउने क्रममा झुले गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्ताको अनुभवमा कुनै असर नपर्ने बताएका हुन्। हुवावे आफ्ना ग्राहकलाई नयाँ अनुभव थप गर्न सक्षम रहेको उनले उल्लेख गरे।

उनले अहिले देखा परेको समस्याले कम्पनीको सप्लाई र एजेन्सीमा समस्या आए पनि ग्राहकको मोबाइल प्रयोगको अनुभवमा कुनै असर नपर्ने दाबी गरे। ‘हाल सञ्चालन र स्टोरमा रहेको फोन यसअघि नै गुगलद्वारा सर्टिफाई भइसकेकाले त्यस्ता फोनमा कुनै असर नपर्ने उनले बताए। उनले भने, ‘अबका दिनमा बन्ने नयाँ मोडलका फोनको विषयमा के हुन्छ अहिले नै भन्न सकिँदैन तर हाल सञ्चालनमा रहेका फोनमा कुनै असर पर्ने छैन।’

हामी हाम्रा ग्राहकलाई हेरेर अपडेट उपलब्ध गराउनेछौं। ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउन हुवावेले नयाँ–नयाँ सिस्टम उपलब्ध गराइरहनेछ। ‘पक्कै पनि यो प्रतिबन्धले कम्पनीको व्यापारमा केही समयका लागि असर गर्न सक्छ’, उनले भने, ‘लामो समयसम्म यसले कुनै असर गर्ने छैन।’ पछिल्लो समय कुनै देशमा हुवावेको बिक्री बढेको छ भने कुनैमा घटेको छ। जुन देशमा बिक्री बढेको छ उक्त देशमा अहिलको प्रतिबन्धको हल्लाले मोबाइलको ब्रान्डिङ भएको छ।

नेपालमा पनि हाई रेन्जको स्मार्टफोनमा केही असर परेको भए पनि इन्ट्री र मिड रेन्जका स्मार्टफोनमा कुनै असर नपरेको झुले जानकारी दिए। झुका अनुसार ग्राहकमा गुगलले एक्कासि प्रतिबन्ध लगाउँदा आफ्नो मोबाइलमा समस्या आउने हो कि भन्ने प्रश्न खडा भएकाले मोबाइलको व्यापारमा कमी आएको हो। तर, त्यस्तो कुनै किमिसको असर नपर्ने उनको भनाइ छ। ‘गुगलको एन्ड्रोइडमा प्रतिबन्ध लागेको हो,’ उनले भने, ‘प्रतिबन्ध लागे पनि हुवावेले आफ्नै अपरेटिङ सिस्टमका लागि ८ वर्षदेखि काम गरिरहेकाले ग्राहकलाई आफ्नै ओएसमार्फत सेवा दिन हुवावे सक्षम छ।’

हुवावेको आफ्नै अपरेटिङ सिस्टम कहिले आउँछ भन्ने कुनै आधिकारिक जवाफ छैन। किनभने, यो सिस्टम भएकाले यसलाई बनाउन र प्रयोगमा ल्याउन समय लाग्छ। एकैपटक सबै मोबाइलमा ल्याउन पनि सकिने अवस्था हुँदैन। आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने भएकाले समय लाग्न सक्ने उनी बताउँछन्। झु भन्छन्, ‘तर, हुवावेले ग्राहकलाई सन्तुष्ट बनाउने सिस्टमको विकास गर्नेछ। एन्ड्रोइडको विकासमा हुवावेको पनि ठूलो योगदान छ। जुन रुपमा एन्ड्रोइड विकासमा हुवावेको सहयोग छ त्यहीँ अनुसार कम्पनीले ग्राहकलाई आफ्नो नयाँ सिस्टमबाट सेवा उपलब्ध गराउन हुवावे प्रतिबद्ध छ। उनले भने, ‘हुवावेको प्रतिबन्धले हुवावेलाई मात्र नभएर गुगललाई पनि नकारात्मक प्रभाव पार्नेछ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.