गाउँपालिकालाई डेढ करोडको जग्गा दान

गाउँपालिकालाई डेढ करोडको जग्गा दान

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-१ का व्यवसायी कर्णप्रताप राणाले जानकी गाउँपालिकालाई झन्डैं डेढ करोड मूल्यको जग्गा दान गरेका छन्। गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि ७४ वर्षीय राणाले जग्गा दान गरेका हुन्। जानकी गाउँपालिका-१ को दुर्गौलीमा २०६० सालदेखि दीप इँट्टा टायल उद्योग सञ्चालन गर्दै आएका राणाले १ विघा १२ कठ्ठा १० धूर जग्गा गाउँपालिकालाई दान गरेको बताए।

'साँघुरो भाडाको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेपछि जग्गा दान गरेको हुँ,' राणाले भने, 'उमेरले उद्योग सञ्चालन गर्न नसकिने भो, भएको जग्गा गाउँपालिकालाई दान गर्दा राम्रै होला भनेर गरेको हुँ।'

उनले जानकी गाउँपालिका-१ दुर्गौलीमा रहेको १ विगाह १२ कठ्ठा १० धुर जमिन जेठ १२ गते गाउँपालिकाको नाममा नामसारी गरिदिएका हुन्।  राणाले २०६० सालमा दीप इँट्टा उद्योग सञ्चालनका लागि साढे १५ विगाह जग्गा किनेका थिए।गाउँपालिकाले राणालाई कार्यपालिका बैठकमा सम्मानसहित धन्यवाद व्यक्त गरेको छ। 

गाउँपालिकाको भवन बनाउन जग्गा खोजिरहेका बेला जग्गा दान गर्ने राणाको सम्मानमा भव्य समारोह गर्ने गाउँपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए।'सार्वजनिक बाटोको लागि समेत एक धूर जग्गा छोड्न कोही तयार नहुने अवस्थामा उद्योगी राणाजीले जग्गा दान गर्नुभएको छ, 'अध्यक्ष चौधरीले भने, 'उहाँजस्ता दानवीरको सम्मानका लागि हामी भव्य समारोह गर्दैछौं।' गाउँपालिकाले कार्यालय भवन निर्माणका लागि विस्तृत गुरुयोजनाको काम थालेको छ।अध्य क्षचौधरीले एक महिनाभित्रै भवन निर्माणका लागि टेण्डर गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.