आर्थिक वर्ष २०७६ /७७ बजेट भाषण सुरु (भिडियो)
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसद्को संयुक्त बैठकमा अहिले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री खतिवडाले उत्पादनमूलक क्षेत्रको लगानी र उत्पादन विकासलाई प्राथमिकतामा राखेका छन्। निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग सञ्चालनका लागि आकर्षक प्याकेज ल्याउन लागिएको बजेट निर्माणमा सम्बद्ध स्रोतले बताएको छ।
यसबाहेक कृषिमा जोखिमका आधारमा सरकारबाट संरक्षण प्रदान गरिने कार्यक्रम ल्याउन लागिएको छ भने ऊर्जा (उत्पादन र प्रसारण) तथा यातायात (कनेक्टिभिटी) लाई विशेष प्राथमिकतामा राखिएको छ।