प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’को सुरुवात
काठमाडौं : प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ (तत्काल समस्या समाधान कक्ष) को सुरुवात भएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुपमको सुरुवात गरेका हुन् । अब सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत् एकैपटक छलफल, राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन लगायत कामलाई सार्थकता दिन सकिने प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । तस्बिर : कृष्ण पौड्याल