मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड
काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौंको चर्चित खानेपानी आयोजना मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन भएको बताएका छन्। बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/ ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्। खतिवडाले यही आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम पूरा हुने घोषणा गरेका छन्।
खतिवडाले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेका छन्।